किसानहरु हेपिएर देश बन्दैनः अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका छन्। आइतबार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताएका हुन्।

उनले किसानहरु हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेसो गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताए।

उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको बताए। मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिए। कृषि क्षेत्रलाई प्रवर्द्धन गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘कृषि क्षेत्रलाई माया पनि गर्नुपर्‍यो। सम्मान पनि गर्नुपर्‍यो। त्यसको सही परिचालन पनि गर्नुपर्‍यो। किसानहरु हेपिएर देश बन्दैन। कृषिमा काम गर्नेहरुले दुखेसो गर्ने अवस्था आयो भने हामी राष्ट्रलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन सक्दैनौँ। आजको विश्वको ठूलो समस्या भनेकै खाद्यको समस्या हो। हामीलाई पुग्नसक्ने धान उत्पादन गर्न सक्ने हामीसँग खेतहरु छन् पर्याप्त मात्रामा। तरकारी उत्पादन गर्ने बारीहरु छन्। हामीलाई पुग्ने फलफूल रोप्ने बारीहरु, पाखाहरु छन्। हामीसँग कमी छैन। जनशक्तिको समस्या हामीलाई होइन। ठूलो जनशक्ति आज विभिन्न मुलुकहरुमा पठाइरहेका छौँ। हाम्रो एउटा राष्ट्रिय संकल्पको अभाव, नीतिको अभाव, त्यो खालको कार्यक्रमको अभाव हो।’

अर्थमन्त्री शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी नेपालमै उत्पादन गर्नुपर्ने पनि बताए। कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै उनले आवश्यक कच्चा पद्धार्थहरुमा पर्याप्त भन्सार छुट दिइने बताए।अर्थमन्त्री शर्माले भने, ‘अब त कोदालाका बिँड पनि बाहिरबाट आउन थाल्यो। त्यो चाहिँ अब हुँदैन। बिँड बनाउनुस्, बाहिरबाट आउनुभएन। कुटा यहीँ बनाऔँ बाहिरबाट आउनुभएन। कोदाला यही बनाऔँ बाहिरबाट आउनुभएन।’

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago