झापा । मेचीनगर १० स्थीत धुलाबारी चोकको इलोक्ट्रोनिक पसलमा आगलागी भएको छ । केही बेर अघि सुरु भएको आगलागी अहिले मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीय सहयोगमा नियन्त्रणको प्रयास गरिरहेका छन ।
धुलाबारी मोड दक्षीणको पाथिभरा भेराइटिजमा लागेको आगोले पसल पुर्ण रुपमा नष्ट भएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिनु भयो । ‘महङ्गो सामन भएको इलोक्ट्रोनिक पसल हो,’ अध्यक्ष तिम्सिनाले भन्नुभयो, ‘पुरै जल्यो, निक्कै ठुलो क्षती भएको अनुमान गरेका छौं ।
’इलोक्ट्रोनिकका सामनको पसल भएकाले करोड बढीको क्षति भएको हुन सक्ने प्रारभ्भिक अनुमान गरिएको छ । निलचल पाण्डाले सञ्चालन गरेको उक्त पसलमा आगलागीको कारण भने पत्ता नलागेको अध्यक्ष तिम्सिनाले बताउनु भयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…