‘त्रिमूर्ति दिवस’मा ६३ जनालाई ‘पुरस्कार र पदक ’

काठमाडौँ – त्रिमूर्ति निकेतनले शनिबार काठमाडौँमा सोह्रौँ त्रिमूर्ति दिवस मनाएको छ। त्यस अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विभिन्न व्यक्तिलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गरेका छन्। प्रा.डा.वासुदेव त्रिपाठीले आधा शताब्दीदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्ने गोविन्दराज विनोदीलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गरेका छन्।

त्यसैगरी, नेपाली नाट्यकलाको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नाटक र चलचित्रको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन अति विशिष्ट योगदान गर्ने कलाकार मिथिला शर्मालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिएकाे छ।साथै नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदान गर्ने साहित्यकार शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरियो।

ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपौयाँ रहेको छ।समारोहमा जनही पच्चीस हजार रूपियाँ राशि सहितको ‘भद्र घले पदक’ श्री तारानाथ दाहाल र प्रा.डा.उषा ठाकुरलाई प्रदान गरियो। यो पदक त्रिमूर्ति निकेतनका सदस्यलाई मात्र प्रदान गरिन्छ ।

यसका साथै सो कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित ५८ जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समेत प्रदान गरिएको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago