इतिहास : पाल्पा र स्याङ्जा जोड्ने राम्दी पुल नबन्दै यसरी तारिन्थ्यो सवारीसाधन ।

२०७९, २८ बैशाख बुधबार ०७:२८

पाल्पा । बिक्रम सम्बत २०२६ सालतिर पोखरा काठमाडौ सडक बनेको थिएन । सुनौली पोखरा सडक बन्न थाल्दै थियो । सडकको रूपरेखा कोरिसकेको थियो । साथै कतिपय ठाउमा ग्रावलको काम सकिसकेको थियो भने कतिपय ठाउँमा हुदै थियो । सडकको रूपरेखा कोरिन थालेपछि नै सडकमा गाडी गुड्न पनि थालिसकेको थियो ।

पोखराका सडकमा पनि गाडी, जीप, बस तथा लरीहरू आउन थालिसकेका थिए । सामानको आपुर्ति पनि सोही सडकबाट हुन थालिसकेको थियो । पोखराका ब्यापारीहरूले भरियाबाट सामान बोकाएर ल्याउनुको सत्ता ट्रकबाट सामान ल्याउन थालिसकेका थिए ।

सडकको रूपरेखा बने पनि ठाउँ ठाउँमा बन्नुपर्ने पुलहरू नबनेको हुँदा समस्या थियो । यसैले ठूला ठूला घाटहरूमा ठूला ठूला डुङ्गाहरूलाई एकअर्कोमा बाँधेर ट्रक, बस, जीप र लरीहरूलाइ तार्ने गरिन्थ्यो । यसरी नै यहा देखाइएको तस्विरमा राम्दीघाटमा सामानले भरीएको ट्रक तथा जीपलाई कालीगण्डकी तारिदैछ । सुनिल उलकको सहयोगमा ।

Comments

ताजा खबर