बिर्तामोड, नेकपा एमाले बिर्तामोड नगर कमिटीले बिहीबारदेखि घरदैलो कार्यक्रम सुरु गरेको छ ।
स्थानीय तहको निर्वाचन नजिकिएसंगै एमालेको तर्फबाट नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई,उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलासहित घरदैलो कार्यक्रम सुरु गरेको हो ।
घरदैलो कार्यक्रम बिहीबार वडा नम्बर ५ मा केन्द्रित रहेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटीले जानकारी दिए । उम्मेदवारहरुले सबैका घर,पसलमा पुगेर एमालेलाई मतदान गर्न आग्रह गरिरहेको उनले बताए ।
घरदैलो कार्यक्रममा वडाध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देन, महिला सदस्य शान्ता रोका क्षेत्री,दलित महिला सदस्य मालती विश्वकर्मा,सदस्यहरु ओमभक्त सेडाई र दुर्गाप्रसाद सिवाकोटी पनि सहभागी छन् ।
एमालेले बुधबार वडा नम्बर १० मा पुगेर बैशाख १२ गते वडा नम्बर १ देखि शुरु गरेको चुनावी प्रचार अभियानअन्तर्गत कोणसभाको पहिलो चरण सम्पन्न गरेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…