लिङ्देनले देशलाई असफल बनाउनबाट रोक्नका लागि संघीयता खोरज गर्नुपर्ने बताए

बिर्तामोड, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई असफल बनाउनबाट रोक्नका लागि संघीयता खोरज गर्नुपर्ने बताएका छन् ।

 राप्रपाले बिर्तामोडमा बिहीबार आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै अध्यक्ष लिङ्देनले ढिलो चाँडो देश असफल बन्न लागेकाले त्यसतर्फ सचेत रहन आग्रह गर्दै असफल सावित भइसकेको संघीयता खारेज गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताए ।

‘कांग्रेस , एमाले , माओवादी असफल बन्दा केही पनि हुँदैन ’उनले भने , ‘देश असफल बन्नु हुँदैन ।’ आफूहरु गलत बाटोमा हिडिरहेको महसुस हुँदासमेत ठूला राजनीतिक दलहरु सच्चिन तयार नभएको लिङ्देनले बताए । दलका नेताहरुको परिवारको लागि मात्र ४ खर्ब रकम खर्च हुने गरेको बताउँदै उनले संघीयता अब देशले धान्न नसक्ने धारणा राखे । आफूहरुको पार्टी सानो भएपनि देशलाई बचाउने अभियानमा लागेको उनको भनाई थियो ।

स्थानीय तहको निर्वाचनको कार्यक्रममा नेतृ रेखा थापा , बिर्तामोड नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार ध्रुव उप्रेती , उपप्रमुख पदका उम्मेदवार रन्जु प्याकुरेललगायतले बोलेका थिए । राप्रपाले बिर्तामोडमा नगर प्रमुख , उपप्रमुखसहित ५२ वटै पदमा उम्मेदवारी दिएको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । गत स्थानीय तहको निर्वाचनमा राप्रपाले तेस्रो शक्तिको रुपमा मत पाएको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago