लिङ्देनले देशलाई असफल बनाउनबाट रोक्नका लागि संघीयता खोरज गर्नुपर्ने बताए

बिर्तामोड, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई असफल बनाउनबाट रोक्नका लागि संघीयता खोरज गर्नुपर्ने बताएका छन् ।

 राप्रपाले बिर्तामोडमा बिहीबार आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै अध्यक्ष लिङ्देनले ढिलो चाँडो देश असफल बन्न लागेकाले त्यसतर्फ सचेत रहन आग्रह गर्दै असफल सावित भइसकेको संघीयता खारेज गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताए ।

‘कांग्रेस , एमाले , माओवादी असफल बन्दा केही पनि हुँदैन ’उनले भने , ‘देश असफल बन्नु हुँदैन ।’ आफूहरु गलत बाटोमा हिडिरहेको महसुस हुँदासमेत ठूला राजनीतिक दलहरु सच्चिन तयार नभएको लिङ्देनले बताए । दलका नेताहरुको परिवारको लागि मात्र ४ खर्ब रकम खर्च हुने गरेको बताउँदै उनले संघीयता अब देशले धान्न नसक्ने धारणा राखे । आफूहरुको पार्टी सानो भएपनि देशलाई बचाउने अभियानमा लागेको उनको भनाई थियो ।

स्थानीय तहको निर्वाचनको कार्यक्रममा नेतृ रेखा थापा , बिर्तामोड नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार ध्रुव उप्रेती , उपप्रमुख पदका उम्मेदवार रन्जु प्याकुरेललगायतले बोलेका थिए । राप्रपाले बिर्तामोडमा नगर प्रमुख , उपप्रमुखसहित ५२ वटै पदमा उम्मेदवारी दिएको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । गत स्थानीय तहको निर्वाचनमा राप्रपाले तेस्रो शक्तिको रुपमा मत पाएको थियो ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago