कांग्रेसले हँसिया हथौडामा भोट हाल्न अप्ठेरो मान्दा दुख लागेको बताए

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ताले हँसिया हथौडामा भोट हाल्न अप्ठेरो मान्दा दुख लागेको बताएका छन् । भरतपुरमा जारी सत्ता गठबन्धनको आमसभामा सम्बोधन गर्दै उनले पाँच दलीय सत्ता गठबन्धनमा रुख चिन्हमा आस्था राख्नेले हँसिया हथौडामा भोट दिन अप्ठेरो मान्दा दुख लागेको बताएका हुन् ।

रुख र हँसिया हथौडाको गठबन्धनको इतिहास हेर्न र बुझ्न कार्यकर्तालाई आग्रह गर्दै यसपालि गठबन्धनलाई जिताउन उनले आग्रह गरेका छन्। गठबन्धनको जित भयो भने आगामी धेरै बर्ष यही गठबन्धन कायम राख्ने उनको भनाइ छ । २०४६ साल र ६२, ६३ सालको जनआन्दोलन हँसिया हथौडा र रुखको एकताले सम्भव भएको उनले बताए । तसर्थ पनि यो सम्झौता वा गठबन्धलाई अपनाउन अप्ठेरो नमान्न भरतपुरका बासीन्दालाई उनले आग्रह गरे ।

यसअघिका सम्झौताहरु राष्ट्रहित विपरीत नभएकाले पनि धेरै शंका नगर्न उनले जोड गरे । भरतपुर महानगरमा प्रचण्ड पुत्री रेनु दाहाललाई सत्ता गठबन्धनले प्रमुखको उम्मेदवार उठाएको छ सत्ता गठबन्धनको निर्णयविरुद्ध नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । नेकपा एकतामा धोका पाएको हुँदा ठूलो मूल्य चुकाएर आएकाले गठबन्धन नतोड्ने प्रतिवद्धता दाहालले जनाए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago