कांग्रेसले देश बनाउने भन्नु र रागो ब्याउँछ र दूध दिन्छ भन्नु एउटै हो

काठमाडौ: नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने बताएका छन्। उनले एमालेमा देखिएको जनउत्साहका कारण सत्तागठबन्धन आतंकित बनेको टिप्पणी समेत गरे।
कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणापत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको तर कांग्रेस सभापतिको नाम ८ ठाउँमा मात्र लेखिकाएले सत्ता गठबन्धन एमालेसँग डराएको र एमाले कार्यकर्ताले ३० वैशाखमा सत्ता गठबन्धनलाई पछारेर मात्र निदाउने जिकिर गरे।
सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले परामेदशबाट बनेको गठबन्धन सरकारलाई एमालेले जनमतबाटै पाखा लगाएर तीनै तहमा सरकार निर्माण गर्ने दाबी गरे। ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, ‘कांग्रेससँग देश बनाउने नीति नै छैन। एमालेलाई धारे हात लगाउने मात्र हो। कांग्रेसले देश बनाउने भन्नु र रागो ब्याउँछ र दूध दिन्छ भन्नु एउटै हो।’

अहिले देशमा जे जति दल दर्ता भएपनि एमाले र गठबन्धनबीचको मात्र लडाइँ भएको भन्दै उनले यो लडाइँ नेपाल जोगिने कि नजोगिने भन्ने पनि रहेको बताए।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago