जनकपुरधाम: धनुषामा नेकपा माओवादी उम्मेदवारका बुबालाई धारिलो हतियार प्रहार गरिएको छ। धनुषाको कमला नगरपालिका १ मँगराहास्थित वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७० वर्षीय चन्द्र नारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरि घाइते बनाइएकाे छ ।
गम्भीर घाइते भएका यादवकाे उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । राति १२ः३० बजे आफ्नै घरमा सुतिरहेका वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकी बाहिरै बरन्डामा सुतेका उनको बुवालाई आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।
घाइते यादवको शरीरका विभिन्न ठाउँमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाती सुरेन्द्र यादवले बताए। घटनाबारे पूर्ण विवरण आइनसकेको र अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…