भरतपुर: सत्ता गठबन्धनको भरतपुरमा जारी आमसभाका क्रममा चितवन जिल्लाका कांग्रेसका पूर्व सभापति जितनारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साक्षी राखेर अब कांग्रेसलाई धोका नदिन आग्रह गरेका छन् ।
‘हामी चितवनमा गठबन्धनलाई विजयी गराउँछौं, त्यसमा ढुक्क हुनुहोस्,’ उनले भने, ‘हाम्रो सभापति सोझो हुनुहुन्छ । जे बोल्यो, त्यो गर्नुहुन्छ । अब धोका नदिनुहोला ।’
उनले अघिल्लो संघीय र प्रदेशसभा निर्वाचनमा माओवादीले कांग्रेसँगको गठबन्धन छाडेर एमालेसँग मिलेको संकेत गर्दै उनले त्यस्तो धोखाधडी गर्न नपाइने बताएका हुन् । उनले पदप्राप्ति भैसकेपछि गठबन्धनप्रति विगतमा प्रतिवद्धता नदेखिएकाले आम कार्यकर्ता ढुक्क हुन नसक्ने स्थिति आएको बताए ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…