चुनाबमा प्रतिस्पर्धी केबल एमाले संग हो- पौडेल

काठमाडौँ: कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले कांग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्र र पुष्पकमल दाहालसँग नभइ एमाले र केपी शर्मा ओलीसँग भएको बताएका छन् । त्यसैले यो कुरा बुझेर अघि बढ्न चिनवनका विद्रोही नेताहरुलाई उनले आग्रह गरे । चितवनमा पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो आग्रह गरेका हुन् । जनताबाट चुनिएका नेताबाटै निर्वाचित नेताबाटै लोकतन्त्र खतरा छ भन्ने कुरा केपी ओलीले पुष्टि गरेको पौडेलले बताए ।

‘जगन्नथाजीहरू इमोसन र भावावेशमा आउनु भएको जस्तो लाग्यो । साथीहरु सबैभन्दा पहिले सोच्नुहोस् अहिले नेपालमा जुन राजनीतिक द्वन्द्व र प्रतिस्पर्धा छ त्यो माओवादी केन्द्र र प्रचण्ड होइन हाम्रो प्रतिस्पर्धा ओली र एमालेसँग हो,’ पौडेलले भने । पछि मिलेर नै सरकार बनाउने हो भने किन अहिले स्थानीय तहमा नमिल्ने भनेर हामी अहिले सँगै हिड्न खोजेको उनले बताए ।

‘केपी ओलीले मुलुकमा संसद् विघटन गर्दा २०१७ सालमा संसद् विघटन गरेर बीपीलाई थुनेको सम्झेँ,’ पौडेलले भने, ‘एमालेले अस्थिरतातर्फ लग्यो त्यसैले यो गठबन्धन आवश्यक छ । गठबन्धन नबनेको भए कृष्णचन्द्र नेपाली कसरी मुख्यमन्त्री बन्न सक्थे ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago