चुनाबमा प्रतिस्पर्धी केबल एमाले संग हो- पौडेल

काठमाडौँ: कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले कांग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्र र पुष्पकमल दाहालसँग नभइ एमाले र केपी शर्मा ओलीसँग भएको बताएका छन् । त्यसैले यो कुरा बुझेर अघि बढ्न चिनवनका विद्रोही नेताहरुलाई उनले आग्रह गरे । चितवनमा पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो आग्रह गरेका हुन् । जनताबाट चुनिएका नेताबाटै निर्वाचित नेताबाटै लोकतन्त्र खतरा छ भन्ने कुरा केपी ओलीले पुष्टि गरेको पौडेलले बताए ।

‘जगन्नथाजीहरू इमोसन र भावावेशमा आउनु भएको जस्तो लाग्यो । साथीहरु सबैभन्दा पहिले सोच्नुहोस् अहिले नेपालमा जुन राजनीतिक द्वन्द्व र प्रतिस्पर्धा छ त्यो माओवादी केन्द्र र प्रचण्ड होइन हाम्रो प्रतिस्पर्धा ओली र एमालेसँग हो,’ पौडेलले भने । पछि मिलेर नै सरकार बनाउने हो भने किन अहिले स्थानीय तहमा नमिल्ने भनेर हामी अहिले सँगै हिड्न खोजेको उनले बताए ।

‘केपी ओलीले मुलुकमा संसद् विघटन गर्दा २०१७ सालमा संसद् विघटन गरेर बीपीलाई थुनेको सम्झेँ,’ पौडेलले भने, ‘एमालेले अस्थिरतातर्फ लग्यो त्यसैले यो गठबन्धन आवश्यक छ । गठबन्धन नबनेको भए कृष्णचन्द्र नेपाली कसरी मुख्यमन्त्री बन्न सक्थे ।’

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago