वडा नं १० बिर्तामोडमा एमाले र राप्रपा संगै भोट माग्दै

बिर्तामोड, बिर्तामोड नगरपालिका वडा नं १० मा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले संगसंगै भोट मागिरहेका छन् ।

त्यहाँ एमाले र राप्रपाबीच गठबन्धन बनेको छ । वडा नम्बर १० को वडाध्यक्षमा रिमानध्वज लोक्ताम उम्मेदवार छन् । यस्तै वडा सदस्यहरुमा महिलातर्फ गीता घिमिरे,दलित महिला सदस्यमा पुर्णिमा लाम्गादे र खुल्लातर्फ प्रेमबहादुर पौडेल,पृथ्वीबहादुर बस्नेत रहेका छन् । खुल्ला सदस्य पृथ्वीबहादुर बस्नेत र दलित महिला सदस्यमा पुर्णिमा लाम्गादे राप्रपाका हुन् । चुनावी प्रचार अभियानअन्तर्गत बुधवार वडा नम्बर १० का विभिन्न स्थानमा कोणसभा सम्पन्न भएको छ ।

बैशाख १२ गते वडा नम्बर १ देखि एमालेले सुरु गरेको प्रचार अभियान वडा नम्बर १० मा पुगेको हो । बुधबार वडा नम्बर १० को उत्तर भुतेनी,दक्षिण भुतेनी,सैनिक बजार,चमरधाप लोक्ताप गाउँ,ठुटेबर,फेसबुक चोकलगायतका स्थानमा कोणसभाको गरिएको थियो । कोणसभालाई सम्वोधन गर्दै नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाईले वडा नम्बर १० भित्र रहेका खानेपानी,विद्युत र सडक कालोपत्रेका समस्या समाधान गर्ने बताइन् ।

उनले यसअघि विकराल रुपमा रहेका ठाउँमा सडक,पुल,कल्भर्ट निर्माण, गोवर ग्यास जडान, फिल्टरसहितको खानेपानीको व्यवस्थापन,फुसको छानो भएका घरहरुलाई टिन वितरण, विद्यालयको पठनपाठन सुधार तथा नयाँ भवन निर्माण,घेराबारालगायत कृषि तथा बंगुरपालनको क्षेत्रमा उल्लेखनीय काम गरेको दावी गरिन् ।

उम्मेदवार प्रसाईले आफू निर्वाचित भएर आएपछि पहिलो प्राथमिकताका साथ वडा नम्बर १०मा रहेका अधुरो सडकलाई पुरा गर्ने र उत्तर भुतेनीको सडक कालोपत्रे गर्ने प्रतिवद्वता जनाइन् । उनले वडामा रहेका अन्य विकासका कामहरुलाई टोल विकास समितिसंग समन्वय गरेर अघि बढ्ने धारणा राखिन् ।

यस्तै कोणसभालाई सम्वोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले यस वडामा कम्तिमा १० किलोमिटर सडक कालोपत्रे गर्ने बताए । उम्मेदवार संग्रौलाले जनताको आयआर्जनका लागि गाईपालन,कुखुरापालन,वंगुरपालन व्यवसाय र सामूहिक तथा आधुनिक खेतीको लागि अनुदानको व्यवस्था गरिने बताए । नगरका सबै वडामा गरि ५ वर्षभित्रमा एक हजार विपन्न आवास निर्माण गर्ने योजना रहेको पनि उनले बताए ।

क्षेत्रफलको हिसाबले वडा नम्बर १० बिर्तामोड नगरपालिकाको सबैभन्दा ठुलो वडा हो । कोणसभालाई प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल,प्रदेश सांसद एकराज कार्की,राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी,नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलगायतले सम्वोधन गरेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago