कृषिथोक बजारलाई व्यवस्थित गर्ने गठबन्धन दलको प्रतिवद्धता

बिर्तामोड, गत निर्वाचनको समयमा नेकपा एमालेका उम्मेदवारहरुले गरेका प्रतिबद्धताका कारण उनीहरु आलोचित भएका छन् ।

बिर्तामोडस्थित कृषिथोक बजारलाई व्यवस्थित गरी सफा र दुर्गन्धरहित बनाउने प्रतिबद्धता गरेको एमालेले निर्वाचित भएपछि कृषिथोक बजारलाई बेवास्ता गरेको गठबन्धन दलका उम्मेदवारहरुले बताएका छन् ।

यही बैशाख ३० गते हुने निर्वाचनका लागि आयोजित चुनावी कोणसभामा बोल्दै गठबन्धनको तर्फबाट नगर प्रमुखका प्रत्यासी भोजराज सिटौलाले गठबन्धनको टिमले विजय प्राप्त गरे कृषिथोक बजारमा कुनै हस्तक्षेप हुन नदिने प्रतिबद्धता जनाए । उनले नगरपालिका र व्यवसायीबीच नङ र मासुको सम्बन्धझैँ सुमधुर सम्बन्ध स्थापित गराउने बताए । वर्तमान सरकारले व्यवसायीहरुसँग समन्वय गर्न नसकेको भन्दै सिटौलाले गठबन्धनको टिमलाई जिताउन आग्रह गरे । गठबन्धनको टिमले विजय प्राप्त गरे आफूहरु सँधै व्यवसायीहरुको हक हितमा काम गर्ने प्रतिबद्धता दोहोर्याए ।

सिटौलाले एमालेहरुले गठबन्धनले सहज जित निकाल्ने देखेपछि मतदातामा चुनाव चिन्हको बिषयमा भ्रम सिर्जना गरेर गठबन्धनलाई कमजोर पार्ने कोसिस गरेको बताए । गठबन्धन संविधान रक्षा र प्रतिगमनका विरुद्ध आवश्यकता भएको बताउँदै सम्पूर्ण गठबन्धनको टिमलाई जिताउन आग्रह गरे ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार सिपी कडरियाले विगतको चुनावमा मीठा सपना बाँडेका वर्तमान जनप्रतिनिधिले चुनाव जित्नेबित्तिकै आफ्नो प्रतिबद्धता भुलेको आरोप लगाए । ‘कृषिथोक बजारले स्थानीय सरकारलाई गिज्याइरहेको छ,’ उनले भने,‘धुलो र हिलोरहित सफा बजार बनाउने प्रतिबद्धता जनाएका जनप्रतिनिधिको अगाडी अहिले पनि फोहोरको डंगुर छ ।’ कृषिथोक बजारको व्यवस्थापनमा स्रोतको समस्या नभएर भिजनको समस्या भएको कडरियाले बताए । ‘अत्याधुनिक मेसिनको माध्यमबाट प्रशोधन गरेर यहाँको फोहोरलाई मोहरमा बदल्न सकिन्छ,’ उनले भने । फेरि पनि जनताले दुख नपाउनका लागि भिजन भएका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।

कोणसभामा बोल्दै कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलले बिर्तामोड नगरपालिकाले कृषिथोक बजारलाई आफू मातहतमा ल्याएर राजनीतिक हस्तक्षेप गर्न खोजेको र यहाँको धुलो र फोहोर व्यवस्थापनमा चासो नदिएको भन्दै गठबन्धनका उम्मेदवारहरुले विजय प्राप्त गरे त्यसको व्यवस्थापनमा कस्तो भूमिका रहन्छ? भन्दै उम्मेदवारहरुको प्रतिबद्धता खोजे । यहाँको धुलो व्यवस्थापनका लागि नगरप्रमुख ध्रुवकुमार शिवाकोटीसँग आग्रह गर्दा कृषिथोक बजार नगरपालिका मातहतमा ल्याएर काम गर्ने र त्यो भन्दा अगाडी ठूला काम नगर्न भनेको भन्दै पौडेलले आक्रोश पोखे । ‘मेयरसँग यहाँको व्यवस्थापनका लागि कुरा गर्न जाँदा उहाँले अब नगरपालिकाले काम गर्छ तपाईहरु २÷४ दिन चुप लागेर बस्नुस् भन्नु भयो,’ उनले भने,‘अन्तमा हेभन पार्क आएर माछा किन्न टाढा भयो हाम्रो स्टल राख्न ठाउँ चाहिँ छुट्याइदिन भन्न बिर्सनु भएन ।’

बिर्तामोड–५ का वडाध्यक्ष पदका उम्मेदवार रोहित प्रसाईले आफ्नो बुवा छँदा जस्तो थियो कृषिथोकको संरचना अहिले पनि उस्तै रहेको बताए । आफूलाई वडाध्यक्षमा विजयी गराउन आग्रह गर्दै आफू वडाध्यक्ष भएको खण्डमा वडा कार्यालयको जग्गा व्यवस्थापन गरेर भवन बनाउने र व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

Sanjay poudyal

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago