प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने

झापा, बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने बताएकी छन् ।

स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा वडा नम्बर ३मा आयोजना गरिएको कोणसभालाई सम्वोधन गर्दै यस्तो बताएकी हुन् । उम्मेदवार प्रसाईले २०७४ सालको निर्वाचनपछि नगरमा रहेका सामुदायिक विद्यालयहरुको अवस्था फेरिएको र यसलाई अझै व्यवस्थित ढंगले विकास गरिने बताइन् । निवर्तमान नगर उपप्रमुख समेत रहेकी प्रसाईले आफूहरु जनप्रतिनिधि भएर आउँदा सरकारी विद्यालयहरुमा विद्यार्थीहरु बसेर पढ्न नसक्ने गरिका कक्षा कोठा,शौचालयको अभाव,पठनपाठनमा समस्या रहेको भएपनि यसलाई सुधार गरेर अहिले स्मार्ट बनाउँदै लगिएको जानकारी दिइन् ।

बिर्तामोडमा १८ वटा सामुदायिक विद्यालय र ३ वटा धार्मिक विद्यालय रहेका छन् । नेकपा एमालेले कक्षा १२ सम्मको शिक्षा पूर्णरुपमा निशुल्क गर्ने, एक विद्यालय एक प्राविधिक शिक्षा भन्ने नीतिलाई आत्मसात् गर्दै हरेक सामुदायिक विद्यालयको माध्यमिक तहमा प्राविधिक शिक्षा प्रदान गर्ने,प्राविधिक तथा व्यावसायिक क्याम्पस स्थापना गर्ने,शिक्षक तालिम केन्द्र स्थापना गर्नेलगायतका कार्यक्रमहरु प्रतिवद्धतापत्रमा सार्वजनिक गरेको छ । यस्तै स्वास्थ्यतर्फ पनि बिर्तामोडबासीलाई स्वस्थ जीवन शैली सुनिश्चित गर्न सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै मेडिकल हवको रुपमा विकास गर्ने जनाइएको छ ।

यस्तै कोणसभालाई सम्बोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकाले यसअघि धेरै राम्रा काम गरेको दावी गरे । उनले ६९ किलोमिटर सडक कालोपत्रे,बजार तथा ग्रामीण भेगका अधिकांश टोलहरु जोड्ने १७ किलोमिटर सडकमा पेवर्स तथा व्लक लगाइएको जानकारी दिए । उम्मेदवार संग्रौलाले अबको ५ वर्षभित्रमा बिर्तामोडमा १२५ किलोमिटर सडक कालोपत्रे गर्ने समेत बताए ।

यस्तै कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्ष पदका उम्मेदवार मदन बुढाथोकीले आफूलगायत नगरकोे सिङ्गो टिमलाई अत्यधिक मत दिएर जिताउन मतदाताहरुसंग आग्रह गरे । वडामा रहेका समस्या समाधानका लागि आफू संधै जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता समेत जनाए ।

नेकपा एमालेको चुनावी प्रचार अभियानका क्रममा मंगलबार बिर्ताबजार,सैनिकमोड,प्रगतिनगर टोल,शान्ति टोललगायतका क्षेत्रमा पुगेर कोणसभा आयोजना गरिएको थियो । कोणसभालाई एमाले झापा इञ्चार्ज अग्नि खरेल,प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल,राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी,प्रदेश सांसद एकराज कार्कीलगायतले संवोधन गरेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago