प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने

झापा, बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने बताएकी छन् ।

स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा वडा नम्बर ३मा आयोजना गरिएको कोणसभालाई सम्वोधन गर्दै यस्तो बताएकी हुन् । उम्मेदवार प्रसाईले २०७४ सालको निर्वाचनपछि नगरमा रहेका सामुदायिक विद्यालयहरुको अवस्था फेरिएको र यसलाई अझै व्यवस्थित ढंगले विकास गरिने बताइन् । निवर्तमान नगर उपप्रमुख समेत रहेकी प्रसाईले आफूहरु जनप्रतिनिधि भएर आउँदा सरकारी विद्यालयहरुमा विद्यार्थीहरु बसेर पढ्न नसक्ने गरिका कक्षा कोठा,शौचालयको अभाव,पठनपाठनमा समस्या रहेको भएपनि यसलाई सुधार गरेर अहिले स्मार्ट बनाउँदै लगिएको जानकारी दिइन् ।

बिर्तामोडमा १८ वटा सामुदायिक विद्यालय र ३ वटा धार्मिक विद्यालय रहेका छन् । नेकपा एमालेले कक्षा १२ सम्मको शिक्षा पूर्णरुपमा निशुल्क गर्ने, एक विद्यालय एक प्राविधिक शिक्षा भन्ने नीतिलाई आत्मसात् गर्दै हरेक सामुदायिक विद्यालयको माध्यमिक तहमा प्राविधिक शिक्षा प्रदान गर्ने,प्राविधिक तथा व्यावसायिक क्याम्पस स्थापना गर्ने,शिक्षक तालिम केन्द्र स्थापना गर्नेलगायतका कार्यक्रमहरु प्रतिवद्धतापत्रमा सार्वजनिक गरेको छ । यस्तै स्वास्थ्यतर्फ पनि बिर्तामोडबासीलाई स्वस्थ जीवन शैली सुनिश्चित गर्न सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै मेडिकल हवको रुपमा विकास गर्ने जनाइएको छ ।

यस्तै कोणसभालाई सम्बोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकाले यसअघि धेरै राम्रा काम गरेको दावी गरे । उनले ६९ किलोमिटर सडक कालोपत्रे,बजार तथा ग्रामीण भेगका अधिकांश टोलहरु जोड्ने १७ किलोमिटर सडकमा पेवर्स तथा व्लक लगाइएको जानकारी दिए । उम्मेदवार संग्रौलाले अबको ५ वर्षभित्रमा बिर्तामोडमा १२५ किलोमिटर सडक कालोपत्रे गर्ने समेत बताए ।

यस्तै कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्ष पदका उम्मेदवार मदन बुढाथोकीले आफूलगायत नगरकोे सिङ्गो टिमलाई अत्यधिक मत दिएर जिताउन मतदाताहरुसंग आग्रह गरे । वडामा रहेका समस्या समाधानका लागि आफू संधै जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता समेत जनाए ।

नेकपा एमालेको चुनावी प्रचार अभियानका क्रममा मंगलबार बिर्ताबजार,सैनिकमोड,प्रगतिनगर टोल,शान्ति टोललगायतका क्षेत्रमा पुगेर कोणसभा आयोजना गरिएको थियो । कोणसभालाई एमाले झापा इञ्चार्ज अग्नि खरेल,प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल,राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी,प्रदेश सांसद एकराज कार्कीलगायतले संवोधन गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago