बाग्लुङ समाज जापानको आयोजनामा पुरुष भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न ।

जापान ।  बाग्लुङ समाज जापानको आयोजनामा टोकियोमा सोमबार दोश्रो खुला रनिङ कप पुरुष भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ।

नेपालीहरुको प्रमुख पर्व चैतेदसैंको अवसरमा आयोजित भलिबलको बिजेता गल्कोट समाज जापान भएको थियो ।  भने अघिल्लो बर्ष भएको पहिलो रनिङ कपको बिजेता गल्कोट  स्पोर्ट  क्लब टोकियो उपबिजेता बन्न पुगेको थियो ।  त्यस्तै तल्लो लमाई समाज जापान र ताराखोला समाज जापानले सान्त्वना स्थान हासिल गरेका थिए ।

नौ टिमको सहभागिता रहेको भलिबल प्रतियोगितामा प्रथम हुने गल्कोट समाजले नगद २ लाख ८५ हजार ५ सय  ५५ येन मेडल र प्रमाण-पत्र, द्वितीय हुने गल्कोट स्पोर्ट क्लबले नगद १ लाख  ८५ हजार ५ सय  ५५ येन मेडल र प्रमाण-पत्र तथा सेमिफाइनलिष्ट दुई  टिम तल्लो लमाई समाज जापान र ताराखोला समाज जापानले सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र  प्राप्त गरेका थिए ।  

नेपालको राष्ट्रिय खेल भलिबललाई चैतेदसैंको अवसरमा प्रवाशमा रहेका खेलाडीहरु र खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको र यही अवसरमा बिशेष प्रस्तुतिको रुपमा मौलिक पञ्चेबाजा समेत रहनाले कार्यक्रमको सोभा थप बढेको समाजका कार्यवाहक अध्यक्ष यमकान्त कंडेलले बताउनुभयो । 

प्रतियोगितामा बेष्ट प्लेयर गल्कोट समाजका राजन मल्ल , बेष्ट स्पाईकर गल्कोट स्पोर्टका रेशम बस्नेत , बेष्ट डिफेण्डेर गल्कोट समाजका मनोज केसी ,बेष्ट सेटर गल्कोट स्पोर्टका महेन्द्र साहनी    बेष्ट कोच अन्तर्गत गल्कोट समाजका लोकेश खत्रीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिएको थियो ।

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय समितिका उप-संयोजक ददिवल खड्काको प्रमुख आतिथ्यता, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले ,एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद  पौडेल बरिष्ठ उपाध्यक्ष  नबिन निउरे ,महासचिब तथा समाजका निवर्तमान अध्यक्ष सिद्धार्थ श्रेष्ठ लगायत बिभिन्न संघ संस्थाका  पदाधिकारीहरुको बिशिष्ट  आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष यमकान्त कंडेल ,संचालन महासचिब राजु केसी र स्वागत सचिब सुनिता श्रीस मगरको रहेको थियो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago