प्रधानमन्त्री चढेको जहाजमा अभद्र व्यवहार गरेको भन्दै ऋषि धमलालाई २४ घण्टाभित्र प्रष्टीकरण

काठमाडौँ – प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलासँग २४ घण्टे प्रष्टीकरण सोधेको छ।

काउन्सिलले सोमबार धमलालाई पत्र काटेर आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानभित्र गरेको गैर जिम्मेवारपूर्ण हर्कतबारे प्रष्टीकरण दिन भनेको हो।

प्राइम टाइम्स टेलिभिजनमा गरिएको उक्त लाइभमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए। विमानका कर्मचारीले पटक पटक रोक्न खोज्दा पनि धमला बलजफ्ती निषेधित क्षेत्रमा गएका थिए।

काउन्सिलले धमलासँग सोधेको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायुसेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृष्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटक–पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो?’

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago