काठमाडौं: दक्षिण कोरियाले यस बर्षको मध्यसम्ममा कृषि क्षेत्रमा काम गर्नका लागि १२ हजार आप्रवासी कामदार कोरिया लैजाने भएको छ। दि कोरिया टाइम्स्का अनुसार न्याय मन्त्रालयले विशेषगरी कृषि र माछा मार्ने कामका लागि यही बर्षको जुनसम्ममा ती कामदारहरु आफ्नो देशमा प्रवेश गराउने भएको छ।
देशमा आमन्त्रित कुल १२ हजार ३ सय ३० आप्रवासी कामदारहरू मध्ये, फिलिपिन्सबाट १ सय जना कामदार सोमबार कोरिया आइपुगेका छन, २ सय कामदार बुधबारसम्म आउने छन्।
याङगु काउन्टी सरकारले ३ सय फिलिपिनो कामदारहरूलाई पूर्वी ग्याङ्वोन प्रान्तको व्यस्त खेतीको सिजन अघिनै निमन्त्रणा गरेको छ।
गत साता न्याय मन्त्रालयले देशमा १ लाख ३० हजार भन्दा बढी आप्रवासी कामदार र ९ सय ५० जना माछा मार्ने जहाज चालक दलका लागिका सदस्यहरुको बसाई अवधि थप्ने निर्णय पनि गरेको थियो।मन्त्रालयले यो वर्षको छ महिनापछि माछा प्रशोधन गर्ने जनशक्तिको अभाव झेलिरहेका स्थानिय उद्योगहरूमा प्रवासी कामदारहरूलाई रोजगारी दिने योजना रहेको जानकारी पनि दिएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…