कोरियाले माग्यो १२ हजार आप्रवासी कामदार

काठमाडौं: दक्षिण कोरियाले यस बर्षको मध्यसम्ममा कृषि क्षेत्रमा काम गर्नका लागि १२ हजार आप्रवासी कामदार कोरिया लैजाने भएको छ। दि कोरिया टाइम्स्का अनुसार न्याय मन्त्रालयले विशेषगरी कृषि र माछा मार्ने कामका लागि यही बर्षको जुनसम्ममा ती कामदारहरु आफ्नो देशमा प्रवेश गराउने भएको छ।

देशमा आमन्त्रित कुल १२ हजार ३ सय ३० आप्रवासी कामदारहरू मध्ये, फिलिपिन्सबाट १ सय जना कामदार सोमबार कोरिया आइपुगेका छन, २ सय कामदार बुधबारसम्म आउने छन्।

याङगु काउन्टी सरकारले ३ सय फिलिपिनो कामदारहरूलाई पूर्वी ग्याङ्वोन प्रान्तको व्यस्त खेतीको सिजन अघिनै निमन्त्रणा गरेको छ।

गत साता न्याय मन्त्रालयले देशमा १ लाख ३० हजार भन्दा बढी आप्रवासी कामदार र ९ सय ५० जना माछा मार्ने जहाज चालक दलका लागिका सदस्यहरुको बसाई अवधि थप्ने निर्णय पनि गरेको थियो।मन्त्रालयले यो वर्षको छ महिनापछि माछा प्रशोधन गर्ने जनशक्तिको अभाव झेलिरहेका स्थानिय उद्योगहरूमा प्रवासी कामदारहरूलाई रोजगारी दिने योजना रहेको जानकारी पनि दिएको छ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago