मतपत्र छपाइको सुरक्षा जिम्मा सेनालाईनै किन ?

काठमाडौं: निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचन–२०७९’को एकीकृत सुरक्षा नीतिबारे व्रिफिङ लिएको छ । सोमबार बसेको आयोगको निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा अंगका अधिकारीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तहरुलाई एकीकृत सुरक्षा नीतिबारे व्रिफिङ गरेका हुन् ।

बैठकमा सहभागी एक उच्च अधिकारीका अनुसार गृह मन्त्रालयका तर्फबाट तयार पारिएको एकीकृत सुरक्षा नीतिमा भएका व्यवस्थाबारे आयुक्तहरुलाई जानकारी दिइएको थियो । ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई तोकिएको जिम्मेवारी र पोजिसनिङबारे जानकारी गराइएको थियो,’ ती अधिकारीले भने, ‘निर्वाचनका समयमा आइपर्नसक्ने चुनौतिबारे पनि छलफल भएको थियो ।’ बैठकमा निर्वाचनको समयमा गम्भीर सुरक्षा चुनौति नभएको विश्लेषण गरिएको छ ।

स्रोतका अनुसार बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै सुरक्षा निकायको समन्वयमा निर्वाचनलाई भयरहित र निष्पक्षरुपमा सम्पन्न गराउनुपर्ने बताएका थिए । स्रोतका अनुसार आयुक्तहरुले निर्वाचन आचारसंहिता पालनाका विषयमा सामाजिक सञ्जालमा कसरी निगरानी गर्न सकिएला भनेर प्रश्न गरेका थिए ।

‘सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता उल्लंघन हुनसक्ने भएकाले कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि उहाँहरुको जिज्ञासा रह्यो’ ती अधिकारीले भने, ‘त्यसका लागि आयोगले पनि आईटी सेल बनाउने र सुरक्षा निकायका तर्फबाट पनि छुट्टै प्रयास गर्ने भन्ने भएको छ ।’

मतपत्र छपाइको सुरक्षा जिम्मा सेनालाई

बैठकमा दिइएको जानकारी अनुसार निर्वाचनको समयमा मतपेटिकाको पहिलो घेराको सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिने भएका छन् । त्यसपछि सशस्त्र प्रहरी बलको टोली खटिनेछ । बाहिरी घेरा र रिजर्भ फोर्सका रुपमा नेपाली सेनाको टोली खटिने जानकारी दिइएको छ ।

निर्वाचनका लागि मतपत्र छपाइसम्बन्धी सुरक्षाको जिम्मा पनि नेपाली सेनालाई दिइएको छ । चुनावका वेला विकट स्थानमा मतपत्र, मतपेटिका र निर्वाचन सामग्री ढुवानीको जिम्मा पनि सेनालाई हुनेछ ।

प्रहरीको ठूलो जनशक्ति निर्वाचनमा केन्द्रित हुने हुँदा एक महिनाअघिबाट सेनामार्फत पट्रोलिङ गराउने पनि भनिएको छ ।

शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी पाएको नेपाल प्रहरीको ठूलो जनशक्ति निर्वाचनमा खटिने हुँदा मतदानको ३० दिनअघिबाट सेनालाई पनि पट्रोलिङमा खटाउने व्यवस्था एकीकृत सुरक्षा नीतिमा गरिएको छ ।

जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्थापनका लागि केन्द्र, प्रदेश र जिल्लाको सुरक्षा समितिको निर्णय अनुसार जनशक्ति परिचालन गर्ने तयारी भएको ब्रिफिङ गरिएको छ । निर्वाचनको समयमा ड्रोन प्रयोग गरेर खबर संकलन तथा निगरानी गर्ने जिम्मेवारी पनि नेपाल प्रहरीलाई दिइएको छ ।

निर्वाचनको समयमा शान्ति, सुरक्षा कायम गर्ने र सम्भावित उछृंखल गतिविधिलाई पनि पहिचान गरेर सुरक्षा व्यवस्था मिलाउने जिम्मा पनि प्रहरीलाई दिइएको छ । सीमा नाका तथा शंकास्पद स्थानमा चेकजाँच, सुक्ष्म निगरानी र गस्ती गर्ने जिम्मेवारी पनि प्रहरीलाई दिइएको छ ।

घरेलु हतियार, विष्फोटक पदार्थ उत्पादन, ओसारपसार, आयात तथा प्रयोगलाई नियन्त्रण गर्ने जिम्मा पनि प्रहरीलाई दिइएको छ । सुरक्षा उपस्थितिका लागि विभिन्न क्षेत्रमा मोबाइल तथा पैदल गस्ती गर्ने जिम्मा पनि सशस्त्र प्रहरीलाई दिइएको छ । हरेक स्थानीय तहमा सशस्त्र प्रहरीलाई परिचालन गर्ने निर्णय भएको गृह स्रोतको भनाइ छ ।

जिल्लाको सुरक्षा समितिको निर्णय अनुसार निर्वाचन अघि, निर्वाचन अवधिभर र निर्वाचनपछिका अन्य कार्यमा पनि सशस्त्र प्रहरीलाई खटाउने भनिएको छ । राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचन सुरक्षासँग सम्बन्धित सूचना संकलन, विश्लेषण तथा सम्प्रेषण गर्ने जिम्मेवारी दिइएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago