झापाको चन्द्रगढी विमानस्थलबाट वैशाख २ देखी पोखरा उडान हुने

झापाको चन्द्रगढी विमानस्थलबाट पोखरा उडान हुने भएको छ । नयाँ वर्ष (२०७९)को अवसर पारेर वैशाख २ गतेदेखि बुद्ध एयरले सिधा उडान गर्न लागेको हो ।

यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार पोखराबाट भद्रपुर दिउँसो १:२५ मा जहाज उड्नेछ । भद्रपुरबाट सो जहाज पोखराका लागि दिउँसो ३ बजे उड्नेछ ।

विगत लामो समयदेखि चन्द्रगढी विमानस्थलबाट पोखरा उडानका लागि पहल गरिएको चन्द्रगढी विमानस्थलका पूर्वप्रमुख पुर्ण चुडालले जानकारी दिए ।

यस उडानबाट सीमापारी सिलिगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटक आउन सहज हुने कम्पनीको भनाइ छ । भद्रपुर आसपासका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यसहित इलामका चियाबगान, हिमश्रृंखलाको अवलोकन गर्ने पर्यटक बढाउन समेत यो उडान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज पनि ल्याएको छ । भद्रपुर–पोखरा प्याकेजका लागि १५ हजार रुपैयाँमा २ रात ३ दिनको प्याकेज बनाइएको छ । जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट राखिएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago