आन्दोलनरत स्थानीय र निर्माण व्यवसायीबीच छलफल: आन्दोलन नरोकिने

सागर भण्डारी, गुल्मी: रिडि रुद्रवेणी वामीटक्सार सडक खण्ड अन्तर्गत वामी भुवाचिदी सडक खण्ड कालोपत्रेको काम अबिलम्ब सुरु गर्न माग गर्दै आन्दोलनरत स्थानीय र निर्माण व्यवसायीबीच छलफल भएको छ।

पटक पटक म्याद थपेर पनि उक्त सडक खण्ड कालोपत्रेको काम सुरु नभएपछि स्थानीयले आईतबारबाट निर्माण व्यवसायी विरुद्ध आन्दोलनका कार्यक्रम सुरु गरेका थिए । आज निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्ट्रक्सनका निर्माण व्यवसायी हरि कुमार श्रेष्ठ र आन्दोलनरत सघंर्ष समितिबीच छलफल भएको छ ।

छलफलको क्रममा स्थानीयले कालोपत्रेको काम अविलम्ब सुरु गर्न आग्रह गर्दै अझै पनि आलटाल गरिए कडा सघंर्षका कार्यक्रम गर्ने चेतावनी दिएका थिए । सघंर्ष समितिका सयोंजक फुल प्रसाद सापकोटाले स्थानीयको स्वास्थ्यमा गम्भीर खेलवाड गरी आजसम्म काम सुरु नगर्नुको कारण र अब कहिले र कसरी सुरु हुन्छ भन्दै प्रश्न गरेका थिए ।

छलफलका क्रममा निर्माण व्यवसायी हरि कुमार श्रेष्ठले बुधबारबाटै कालोपत्रेको काम सुरु गरिएको जानकारी गराउँदै आन्दोलनका कार्यक्रम रोक्न सघंर्ष समितिलाई आग्रह गरेका थिए । उनले विगतमा तापक्रम, कोरोना सक्रंमण लगायतका अन्य विविध कारणबस पनि ८० प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै बाँकी काम चैत्र मसान्तसम्म सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

श्रेष्ठले क्रसर उद्योग सञ्चालनमा केही समय यता कठिनाई भएका कारणले पनि निर्माणको काम रोकिएको जनाए । उनले चैत्र मसान्तसम्म म्याद भित्र काम सम्पन्न नगरे आफुले त्यसपछाडी जस्तोसुकै परिस्थितिको सामना गर्न तैयार रहेको बताएका थिए ।

सघंर्ष समितिले आज पनि निर्माण व्यवसायीका विरुद्ध चर्को नाराबाजी गरेका छन् । आन्दोलनको चौँथो दिन उनीहरुले यस सडक खण्ड भएर सञ्चालन हुने झण्डै १५ वटा ट्रिपरलाई दिनभर नियन्त्रणमा लिएका थिए । उनीहरुले निर्माण सम्पन्न नभएसम्म कुनै पनि ट्रिपरलाई सञ्चालन हुन नदिने र श्रेष्ठ कन्ट्रक्सनका सडकमा प्रयोग हुने सवारी साधन बाहेक अन्य सवारी साधनलाई पनि चल्न नदिने निणर्य समेत गरेका छन् । उनीहरुले आजै मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटालाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

काम सुरु भयो अब त आन्दोलनका कार्यक्रम रोक्नुहोलानी भन्ने प्रश्नमा सघंर्ष समितिका उपसयोंजक विवेक काफ्लेले निर्माणको काम सम्पन्न नभएसम्म र सडक कालोपत्रे नभएसम्म आन्दोलनका कार्यक्रम जारी राखिने बताए । उनले काम सुरु हुने आश्वासन र एक्साभेटर लगाएर बाटो खन्दैमा निर्माणको काम सुरु भएको मान्न नसकिने बताउँदै सडक कालोपत्रेका लागि आवश्यक सम्पूणर् सामाग्रीहरु वामी आएपछि मात्रै आन्दोलनका कार्यक्रम केही साम्य पारिने तर यो सघंर्ष भने निरन्तर जारी रहने बताए । उपसयोंजक भोजराज सापकोटाले आन्दोलनका कार्यक्रमहरु स्थगित नभएको र सम्पूणर् टिप्परहरु सञ्चालन हुन रोक गरिएको बताए ।

सघंर्ष समितिले अझै पनि आलटाल गर्ने र विभिन्न बहानाबाजी गरेर सडक निर्माणको काम सुरु गरेर फेरी रोकेमा निर्माण कम्पनीका मुसिकोटमा रहेका सम्पूणर् कामहरु ठप्प पार्ने र बजार बन्द, यातायात बन्द लगायतका अन्य हिसांत्मक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उक्त सडक खण्ड कालोपत्रे गर्नका लागि ५ करोड ८५ लाख रकममा श्रेष्ठ कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । सुरुवातमा सडक ग्राभेल गरी बेस बसाल्ने काम भएपनि त्यसयता कुनै काम भएको छैन् ।

salik khatry

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago