नेशनल लाइफको १९% बोनसमा मूल्य समायोजन,कतिमा खुल्छ कारोबार ?

काठमाडौं : नेशनल लाइफ इन्सुरेन्सको १९% बोनस सेयरमा मूल्य समायोजन भएको छ । अब आइतबार (फागुन २२ गते) नेशनलको सेयर कारोबार प्रतिकित्ता ८५७ रुपैयाँ १४ पैसालाई आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य १ हजार २० रुपैयाँ छ । कम्पनीले फागुन २९ गते साधारण सभा बोलाएको छ । लाभांश वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले आइतबार (फागुन २२ गते) बुक क्लोज गर्दैछ । फागुन २० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १०:३० बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २०% लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसले १९% बोनस र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्न लागेको हो । २०७६–७७ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाले २०७७–७८ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago