काठमाडौँ — अवैध मोबाइल नियन्त्रणका लागि लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आउँदो वैशाख मसान्तबाट पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।
शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणको २४ औं वार्षिकोत्सवका अवसरका प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस प्रणाली कार्यान्वयनका लागि भइरहेको प्रगति विवरण पेश गरेका थिए । खनालका अनुसार एमडीएमएसका लागि सर्भिस प्रोभाइडर छनोट हुनुका साथै आवश्यक सफ्टवेयर आयात गरी जडानको काम सम्पन्न भएको छ । ‘इम्पोटर मोडल सञ्चालनमा आइसकेको छ,’ उनले भने, ‘कस्टम मोडल सञ्चालन तयारीको अवस्थामा छ । मोबाइल नेटवर्क अपरेटर र ल इन्फोर्समेन्ट एजेन्सी मोडल सञ्चालनमा ल्याउने तहमा पुगेका छौं ।’
चालू आर्थिक वर्षको बजेट वक्तव्यमा साउन १ बाट एमडीएमएस लागू गर्ने भनिएको थियो । सोही अनुरुप लागूको घोषणा गरिए पनि यसले अझै पूर्णता पाएको छैन । एमडीएमएस प्रणालीबारे २०७६ सालदेखि चर्चा भइरहेको छ । यसका लागि आवश्यक उपकरण ल्याउन तीनवटा विदेशी कम्पनी सम्मिलित (जेभी) सप्लायरलाई ठेक्का दिइएको थियो । जेभीले २०७७ मा पहिलो लट उपकरण ल्याइदिएको थियो, जुन सिंहदरबारस्थित सूचना प्रविधि केन्द्रमा थन्किएर बसेको छ ।

एमडीएमएस स्थापना गर्न भएको ढिलाइले अवैध मोबाइलको व्यापार जारी रहेको र सरकारले पाउनुपर्ने राजस्व गुमेको व्यवसायीहरूले बताउँदै आएका छन् । यो प्रणाली तुरुन्तै कार्यान्वयनमा नल्याए आफूहरू धर्नामा उत्रिने चेतावानी उनीहरूले दिएका छन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago