नेपालले एमसिसि पास गरेर खतरा बाट बालबाल बच्यो – गृहमन्त्री

रुपन्देही: गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)बीच भएको सम्झौता संसद्बाट पारित भएपछि नेपाल विश्व अर्थतन्त्रबाट अलग्गिने खतराबाट जोगिएको बताएका छन् । भैरहवास्थित पक्लिहवा माविको वार्षिकोत्सव शुक्रबार गृहमन्त्री खाँणले भने, ‘एमसीसी यदि पास नगरेको भए डलर सञ्चिती घट्दै जान्थ्यो । डलरको कारोबारमा सङ्कट आउँथ्यो जसले विश्व अर्थतन्त्रबाट नेपाल अलग्गिने खतरा थियो । त्यो अवस्थामा डलर चलाउन नसकिने अवस्था हुन्थ्यो । यसैले यी जटिलताबाट मुलुक जोगिएको छ ।’
उनले एमसीसीबारे अनावश्यक भ्रम फैलाएको तर्क गर्दै सडक र विद्युतको क्षेत्रमा काम गर्ने गरी सरकारले एमसीसी सम्झौता गरेको बताए । उनले भने, ‘पहिलो चरणमा विद्युत् र बाटोको सडक स्तरोन्नतिका लागि सहयोग आएको हो ।’ मन्त्री खाँणले एमसीसी सैन्य प्रयोजनमा नजानेसमेत जानकारी दिए ।

‘यो सहयोग कुनै सैन्य प्रयोजनमा जाँदैन । पाँच वर्षभित्र सम्पूर्ण रकम सदुपयोग होस्, कुनै अनियमितता नहोस्, सडक र विद्युत् ट्रान्समिशन टावर निर्माणमा खर्च होस् भनेर केही कन्डिसन राखेको हो । यो ऋण होइन, सहयोग हो’ उनले भने ।
नेपाली कांग्रेसका खाँणले अनावश्यक विरोध गर्दा विदेशी सहयोग रोकिएको स्मरण गर्दै भने, ‘अरुण तेस्रो धेरै विरोध गरेर त्यो योजना सफल भएन, काली गण्डकी परियोजनामा पनि त्यस्तै विरोध भयो, परियोजना सुरु नहुँदै धेरै जुलुस निस्किए तर परियोजनास्थलकै जनताकै कारण त्यो बल्ल चल्यो, अनि यतिबेला फेरि एमसीसीको विरोध चलेको थियो ।’

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago