सम्बन्ध जोगाउन आफन्तलाई झुक्किएर पनि सोध्न नहुने कुराहरु

काठमाडौं: हामी समाजमा बाँच्छौं, समाजमा रमाउँछौं । समाजभन्दा अलग भएर जीवन व्यतित गर्न कठिन मात्र होइन, असंभव छ । त्यसैले एकअर्कासँग घुलमिल भएर बसेपछि हामीले सामाजिक मूल्य र मान्यतालाई पनि ख्याल राख्नैपर्छ । स्वभाविक चाहि के भने, समाजमा बसेपछि छिमेकी वा चिनेजानेका आफन्त, साथीभाईप्रति चासो रहन्छ । उनीहरुको जीवनशैली, प्रवृत्तिको कुनै न कुनै प्रभाव हामीमा रहन्छ । त्यस हिसाबले आफन्त, छिमेकी, चिनेजानेका साथीभाईबारे प्रतिक्रिया जनाउनु, टिकाटिप्पणी गर्नु मानविय स्वभाव नै हो । तर, यसलाई कुन हदसम्म लिने ? यसबारे भने हामीले सोच्नैपर्छ ।

कतिपय यस्ता कुरा हुन्छन्, जसबारे हामीले अनावश्यक चियोचर्चा गर्नु राम्रो हुँदैन । खासगरी मानविय हिसावले । अरुको आत्मसम्मानमा ठेस पुग्ने किसिमको कुरामा हामीले प्रश्न उठाउन मिल्दैन । अतः यहाँ त्यस्तै केही कुरा उल्लेख गरिएको छ, जो आफन्त, छिमेकीलाई भुलेर पनि सोध्नुहुँदैन ।

१. छोरीको बिहेका कुरा : यदी कसैको घरमा बिहे गर्न लायक छोरी छ भने बुबा आमासंग छोरीको बिहे कहिले गर्ने ? किन छोरीको बिहे नगरेको जस्ता कुरा प्राय सुन्ने गरिन्छ । तर, यी कुराहरु तपाईलाई सामन्य लागे पनि उनीहरुलाई नराम्रो लाग्न सक्छ । तपाईलाई जति चिन्ता छ, उनीहरुलाई त्यती नै धेरै हुन्छ । किनकि आजको समयमा छोरीहरु आफ्नो खुट्टामा आफै उभिनु जरुरी हुन्छ । यो कुरा सबै आमा बुबाहरुले बुझेका हुन्छन् । त्यसकारण आफ्नो छोरीलाई चाँडै बिहेको लागी बाध्य बनाउन चाहदैन्न ।

२. गुड न्युजको कुरा : बिहे गरेको एक बर्ष नबित्दै प्राय आफन्तहरुबाट एउटै प्रश्न सुन्ने गरिन्छ गुड न्युज कहिले सुनाउने हो ? जुन एक व्यक्त्तिको एकदमै निजी कुरा हो । जसको प्लानिङको अधिकार सिर्फ श्रीमान श्रीमतीको मात्र हुन्छ । प्रेग्नेन्सी हुनु एउटा यस्तो स्टेज हो, जसले सबैलाई खुशी दिन्छ । तर, अहिलेको बदलिदो समय र फरक जिवनशैलीको कारण निःसन्तान हुनेको संख्या बढिरहेको छ । हुन सक्छ, उनिहरु यो समस्या बाट गुजि्ररहेका छन् । र उनिहरु पहिले देखि नै तनावमा छन् । उनिहरुलाई यस्ता खालको पटक -पटक सोधिने प्रश्नबाट झन तनाव हुन सक्छ, त्यसैले यो बिषयमा धेरै प्रश्न नगर्नु राम्रो हुन्छ ।

३.आम्दानीको बाटो : घरमा कसले कति कमाउँछन् ? यो कुरा आफन्तहरुलाई एकदमै कौतुहल हुन्छ । छोरा छोरीको कति तलव छ घरका अरु सदस्यको कति तलव छ यी कुरा बाट परिवारको इन्कम कति हुन्छ भन्ने कुरा अन्दाज लगाउछन् । ताकी अरुसगं तुलना गर्न सकियोस् । आफ्नो बच्चासंग तुलना गर्न सकियोस् र सबैको अगाडि भन्न सकियोस् । कि कसको बच्चाले धेरै कमाउँछ , कसकोबच्चा सफल छ ?

४. छोरा छोरीको जागिरको कुरा : तपाईको छोरा छोरी जागिर गर्छ कि घरमै बस्छ ? यस्ता प्रश्न प्राय आफन्तहरुले सोध्ने गर्छन् । उनिहरुलाई यस्ता कुरामा बढि नै चासो हुन्छ । हरेक आमा बुबाको सपना हुन्छ कि आफ्नो छोरा छोरीको हरेक सपना पुरा होस् , जे काम गरे पनि सफलता मिलोस् । आफ्नो छोरा छोरीको बारेमा कसैलाई यस्तो खालको प्रश्न सोधेको मन पर्दैन । त्यसैले, अरुलाई दुःख मिल्ने खालको कुरा नर्गनु नै बेस हुन्छ ।

५.रोमान्टिक या पर्सनल लाइफको कुरा : श्रीमान श्रीमतीे बिचको निजी कुरा सोध्नु कसैलाई आदत हुन्छ, यस्ता कुराहरुबाट उनिहरुलाई आनन्द मिल्छ । तर यस्ता कुरा सोध्नु राम्रो मानिदैन् । यस्ता प्रश्नको जवाफ दिन कसैलाई मन पर्दैन । कसैले कुरा मिलाएर टार्छन् वा कसैले हासेर टारिदिएलान् तर ति प्रश्नहरुले मनमा भने दिक्क पारिरहेको हुन्छ । कसैको व्यक्तिगत कुरालाई व्यक्तिगत नै बनिरहन दिनु पर्छ ।

६.बुहारीको माइतको कुरा : हृाम्रो समाज जति नै मोर्डन किन नहोस्, बुहारी प्रतिको सोच अहिले पनि उस्तै छ । उसको माइतको बारेमा जान्न सबै आफन्तलाई इच्छा हुन्छ । यसैले बेला मौका पर्ने बित्तिकै बुहारीतिरको माइति कस्ता छन्, उनीहरुको दिनचर्या कस्तो हुन्छ, कसरी कति कमाउछन् जस्ता कुराहरु सोध्ने बानी हुन्छ । मान्छेको मनको चासोले नै यी कुराहरु सोधिन्छ तर यस्ता कुराहरु सोध्नु हुदैन । यसले सम्बन्ध बिगार्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago