काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आजदेखि आफ्नो भीओएलटीई (भ्वाइस ओभर एलटीई) सेवाको व्यावसायिक रुपमा सुरु गर्ने भएको छ । आजबाट १८ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले यसअघिदेखि परीक्षणमा रहेको यो सेवा औपचारिक रुपमा आरम्भ गर्न लागेको हो ।
टेलिकमले आठ महिनाअघि भीओएलटीई सेवा परीक्षणको रुपमा सुरु गरेको थियो । फोरजी एलटीई प्रविधिमा एचडी भ्वाइस कल गर्न सकिने यो सेवामा डेटा बिना नै भिडिओ कल समेत गर्न सकिन्छ ।
साथै फोन डायल गर्ने बित्तिकै अर्को व्यक्तिको मोबाइलमा रिङ बज्ने हुँदा कुर्नुपर्ने समय पनि कम हुन्छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा २४ घण्टासम्म आफ्नो भीओएलटीई सेवा निःशुल्क गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…