राष्ट्रिय सहमतिमै एमसीसी पारित गराउने प्रधानमन्त्री देउवाको कसरत

काठमाडौं: अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता माघभित्रै पारित गर्ने तयारी थालिएको छ । प्रधानमन्त्रीको जोडबलमा एमसीसी संसदबाट अघि बढ्ने निश्चित भएको छ ।

एमसीसी सम्झौतामा प्रश्न उठाउँदै विरोध गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गृहमन्त्री बालकृष्ण खाणले कन्भिन्स गराएका छन् ।

पछिल्ला दिनमा खाणको सक्रियताको परिणाम प्रचण्ड-माधव एमसीसीमा क्लियर भएका छन् । राष्ट्रिय सहमतिमै एमसीसी पारित गराउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीको पनि साथ खोजेका छन् । ओलीले पनि एमसीसी पारित गराउन सघाउने गरी ग्रिन सिग्नल दिएका छन् ।

ओलीलाई कन्भिन्स गर्न सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की बालकोट पुगेका थिए । प्रधानमन्त्री देउवाले सदनको अवरोध हटाउनको लागि सुरुदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरिरहेका छन् । पछिल्लो समय एमसीसीलाई लिएर कांग्रेस र एमालेबीच दुरी कम भैरहेको छ ।

एमालेले कांग्रेसले पहिले एमसीसीबारे आफ्नो पोजिशन क्लियर गरोस भनेर भनिरहेको छ । प्रधानमन्त्री देउवाले गत पुस २४ गते एमाले अध्यक्ष ओलीसँग उनकै निवास बालकोट पुगेर भेटेका थिए ।

सत्ता र प्रतिपक्ष सबैबाट ग्रिन सिग्नल पाएपछि प्रधानमन्त्री देउवाले आउँदो संसद बैठकमा एमसीसी सम्झौता पेश गर्ने तयारी गरेका छन् । एमसीसीमा सभामुख बाधक बने महाभियोग लगाएर हटाउने तयारी छ । सभामुखसँग एमाले पनि चिढिएको छ । महाभियोगमा साथ दिने भनिसकेको छ ।

सभामुखलाई महाभियोग लगाएर भए पनि अब बस्ने प्रतिनिधिसभाको बैठकमा नै एमसीसी प्रस्ताव टेबुल गर्ने सरकारको तयारी छ । यसमा एमालेले पनि ग्रिन सिग्नल दिएको चर्चा छ । एमसीसी अघि बढाउन सभामुख बाधक भए उनलाई महाभियोग लगाएर भए पनि हटाउने भित्री तयारी भैरहेको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago