सेतो कात्रोमा गोजी हुँदैन- कवि: सुरेन्द्र चौहान
(१)
लास ढाक्ने सेतो कात्रोमा गोजी हुँदैन ,
मरेपछि मशानघाटमा कुनै रोजी हुँदैन ।
कुबेर बन्ने धुनमा भ्रष्टाचार किन गर्छौ ?
मृत्युपछि त यहाँ कसैको खोजी हुँदैन ।।
(२)
मृत देहमा त अलिकति पनि माया हुँदैन ,
मशानघाटमा जलाएपछि झन छाया हुँदैन ।
समाजमा यति धेरै घमण्ड तिमी किन गर्छौ ?
मर्ने बेलामा कसैको दैव पनि दायाँ हुँदैन ।।
(३)
लोकमा कसैको पनि जीवन अजम्बरी हुँदैन ,
मानव जीवनको गति एकनास सधैभरि हुँदैन ।
यति बिघ्न ईष्र्या अरूको तिमी किन गर्छौ ?
हरे ! यो जगत त झुटो हो, जीवनभरि हुँदैन ।।
(४)
मान्छेलाई निल्ने कालको कुनै रूप हुँदैन ,
दिन आएपछि लगेरै छाड्छ तर चुप हुँदैन ।
यति धेरै अहंकार लोकमा तिमी किन गर्छौ ?
बुझ,आएपछि काल जादिन भन्ने छुट हुँदैन ।।
(५)
आगोमा जलाएपछि लासको कुनै आकार हुँदैन ,
मरेपछि मान्छेका कुनै पनि सपना साकार हुँदैन।
जीवन र जगत नबुझी यति धेरै लोभ किन गर्छौ ?
मृत्युपछि श्री कहाँ पुग्छ कसैलाई दरकार हुँदैन।।
(६)
मानव देह त खरानी बन्छ तर आत्मासङ हुँदैन।
मलामी सबै फर्किएर आउलान ऊ साथमा हुँदैन।
बिर्सिएर परब्रह्म चटक्कै अधर्मी किन बन्दछौ ?
मृत्युपछि तिम्रो साथमा त त्यहाँ परमात्मा हुँदैन ।।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…