फेसबुकको अभिभावक मेटालाई शेयरमा अहिलेसम्मकै सबैभन्दा धेरै घाटा

फेसबुकको अभिभावक कम्पनी मेटा प्लाटफर्मलाई शेयर बजारमा सबैभन्दा धेरै घाटा भएको छ। बिहिबार मेटाकाे शेयरमूल्यमा २३० बिलियन अमेरिकी डलरभन्दा धेरैको गिरावट आएको छ। सो कम्पनीको शेयर २६.४ प्रतिशतले घटेको हो। त्रैमासिक वित्तिय विवरणबाट लगानीकर्ताहरु निराश भएकाले पनि सो कम्पनीको शेयरमूल्यमा गिरावट भएको हो।

१८ वर्षमा पहिलो पटक फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताहरु घटेको पनि मेटाले बताएको छ। कम्पनीको शेयरमूल्यमा आएको गिरावटसँगै कम्पनीका संस्थापक मार्क जुकरबर्गको कुल सम्पत्ति पनि ३१ अर्ब बिलियन डलरले घटेकाे छ। जुकरबर्गको व्यक्तिगत सम्पत्ति इस्टोनियाको जीडिपी बराबर रहेको छ।

वर्षकाे अन्तिम तीन महिनामा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताहरुकाे संख्या घटेर १.९२९ बिलियनमा झरेको छ। जुन अघिल्लो त्रैमासमा १.९३० बिलियन थियो।

विश्वकै पहिलो सामाजिक सञ्जालमा यस्तो उल्टो गतिविधि भएको यो पहिलो पटक थियो। यसैगरी मेटाले कम्पनीको आयमा सुस्त वृद्धि हुने चेतावनी दिएको छ। टिकटक र यूट्युब लगायतका प्रतिस्पर्धी सामाजिक सञ्जालहरुसँग प्रतिस्पर्धा गनुपर्दा कम्पनीको विज्ञापन पनि घटेको छ।

जुकरबर्गका अनुसार कम्पनीको बिक्रीको वृद्धि प्रभावित भएको छ। विशेषगरी युवा प्रयोगकर्ताहरु अन्य सामाजिक सञ्जालमा सक्रिय भएर यो प्लाटफर्म छोड्दा व्यापारमा असर परेको हो।

कम्पनीले यस वर्षको पहिलो त्रैमासमा २७ बिलियन डलरदेअि २९ बिलियन डलर नाफा कमाउने अनुमान गरेको छ जुन विश्लेषकहरुले गरेको अनुमान भन्दा कम छ।

यद्यपी कम्पनीले टिकटकसंग प्रतिस्पर्धा गर्न भिडियो सेवामा पनि लगानी गर्दैछ। यसबाट स्पष्ट हुन्छ कि मेटाले धेरै समस्या झेलिरहेको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago