फेसबुकको अभिभावक मेटालाई शेयरमा अहिलेसम्मकै सबैभन्दा धेरै घाटा

फेसबुकको अभिभावक कम्पनी मेटा प्लाटफर्मलाई शेयर बजारमा सबैभन्दा धेरै घाटा भएको छ। बिहिबार मेटाकाे शेयरमूल्यमा २३० बिलियन अमेरिकी डलरभन्दा धेरैको गिरावट आएको छ। सो कम्पनीको शेयर २६.४ प्रतिशतले घटेको हो। त्रैमासिक वित्तिय विवरणबाट लगानीकर्ताहरु निराश भएकाले पनि सो कम्पनीको शेयरमूल्यमा गिरावट भएको हो।

१८ वर्षमा पहिलो पटक फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताहरु घटेको पनि मेटाले बताएको छ। कम्पनीको शेयरमूल्यमा आएको गिरावटसँगै कम्पनीका संस्थापक मार्क जुकरबर्गको कुल सम्पत्ति पनि ३१ अर्ब बिलियन डलरले घटेकाे छ। जुकरबर्गको व्यक्तिगत सम्पत्ति इस्टोनियाको जीडिपी बराबर रहेको छ।

वर्षकाे अन्तिम तीन महिनामा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताहरुकाे संख्या घटेर १.९२९ बिलियनमा झरेको छ। जुन अघिल्लो त्रैमासमा १.९३० बिलियन थियो।

विश्वकै पहिलो सामाजिक सञ्जालमा यस्तो उल्टो गतिविधि भएको यो पहिलो पटक थियो। यसैगरी मेटाले कम्पनीको आयमा सुस्त वृद्धि हुने चेतावनी दिएको छ। टिकटक र यूट्युब लगायतका प्रतिस्पर्धी सामाजिक सञ्जालहरुसँग प्रतिस्पर्धा गनुपर्दा कम्पनीको विज्ञापन पनि घटेको छ।

जुकरबर्गका अनुसार कम्पनीको बिक्रीको वृद्धि प्रभावित भएको छ। विशेषगरी युवा प्रयोगकर्ताहरु अन्य सामाजिक सञ्जालमा सक्रिय भएर यो प्लाटफर्म छोड्दा व्यापारमा असर परेको हो।

कम्पनीले यस वर्षको पहिलो त्रैमासमा २७ बिलियन डलरदेअि २९ बिलियन डलर नाफा कमाउने अनुमान गरेको छ जुन विश्लेषकहरुले गरेको अनुमान भन्दा कम छ।

यद्यपी कम्पनीले टिकटकसंग प्रतिस्पर्धा गर्न भिडियो सेवामा पनि लगानी गर्दैछ। यसबाट स्पष्ट हुन्छ कि मेटाले धेरै समस्या झेलिरहेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago