सबैभन्दा ठूलो काटिएको हीरा मानिएको ‘कालो हीरा’ लिलाममा विक्री हुने

काठमाडौं । पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो काटिएको हीरा मानिएको ‘कालो हीरा’ लिलाममा विक्री हुन लागेको छ । यो हीरा अर्बौँ वर्षअघि बनेको बताइन्छ ।
‘द एनिग्मा’ नामक उक्त रत्नको उत्पत्तिबारे विभिन्न मान्यताहरू छन् । तीमध्ये एउटाका अनुसार यो अन्तरिक्षबाट पृथ्वीमा आइपुगेको हो । यो हीरा ५५५.५५ क्यारेटको छ जुन एकदमै अस्वाभाविक हो । यसको तौल एउटा केराको जति छ ।
सजावट कला, गहना र विभिन्न वस्तुको ठूलो विक्रेता सथबीले लन्डनमा लिलामीमा राखेको यो हीराले ६० लाख डलरभन्दा बढीमा मूल्य पाउने अपेक्षा गरेको छ ।
यो हीरा कार्बनेडो अर्थात् प्राकृतिक हीराको सबैभन्दा कडा स्वरूपहरूमध्ये एक हो । कालो हीरा सामान्यतया झन्डै २.६ देखि ३.२ अर्ब वर्ष वा डाइनसोर अस्तित्वमा हुँदाको समयभन्दा पुरानो हुन्छ ।
पृथ्वी झन्डै ४.६५ अर्ब वर्षअघि उत्पन्न भएको हो । त्यसैले पृथ्वी र यो हीराको आयुको तुलना गर्ने गरिएको छ । कार्बनेडोहरू अत्यन्त दुर्लभ हुन्छन् । यी ब्रजिल र मध्य अफ्रिकी गणतन्त्रमा मात्र फेला परेका छन् ।
तिनमा उल्कापातमा मात्र पाइने ओस्बर्नाइट नामक एक किसिमको खनिज हुन्छ । त्यसैले यो हीरा अन्तरिक्षबाट उत्पन्न भएको विश्वास गरिन्छ । तर यसको उत्पत्ति कहाँ भएको हो भन्ने कुरा अहिलेसम्म रहस्यकै गर्भमा छ ।
लस एन्जलिसको प्राकृतिक इतिहास सङ्ग्रहालयका भूवैज्ञानिक आरोन सेलेस्टिअनका अनुसार कार्बनेडोहरू पृथ्वीको आन्तरिक भागको गहिराइमा हुन सक्छन्, जुन यसअघि हीरा पाइने स्थानहरूभन्दा धेरै गहिरोमा हुन सक्छ ।
एउटा अर्को सिद्धान्तका अनुसार पृथ्वीमा खस्नुअघि बाह्य अन्तरिक्षमा कालो हीरा बनेको हुनसक्छ ।
ठ्याक्कै ५५५.५५ क्यारेट तौलको हीरालाई ५५ वटा पाटो देखाउनेगरी काटिएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago