यस साता नेप्से परिसूचक साढे ३ प्रतिशत बढेर बन्द भएको छ। गत साता २७७९.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९६.७६ अंक बढेर २८७६.७४ विन्दुमा बन्द भएको छ।
५ कारोबार दिनमध्ये ४ कारोबार दिन खुलेको बजारमा दुई कारोबार दिन उकालो लागेसँगै नेप्से सो बराबरको अंक बढ्न पुगेको हो। यस साता सेन्सेटिभ इण्डेक्स ४.०३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ३.१७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४४ प्रतिशत बढेको छ।
नेप्सेसँगै यस साता औषत कारोबार रकम, औषत शेयर संख्या, औषत कारोबार संख्या पनि बढेको छ। यस साता दैनिक औषत कारोबार रकमा ८७ करोड रुपैयाँ बढेको छ। गत साता ५ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ६ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस साता औषत कारोबार संख्या १०.५९ प्रतिशत बढेको छ भने औषत शेयर संख्या ९.०४ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण १ खर्ब ३६ अर्ब रुपैयाँ बढेको छ। गत साता ३९ खर्ब २८ अर्ब रुपैयाँ पुगेको नेप्सेको बजार पूँजीकरण, यस साता ४० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ।
यस साता १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ भने उत्पादन तथा प्रशोधनको सबैभन्दा कम बढेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक ८.४९ प्रतिशत बढेको छ। गत साता ३२५०.५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २७५.९५ अंक बढेर ३५२६.५० विन्दुमा पुगेको छ।
त्यसैगरी, सबैभन्दा कम बढ्ने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस साता ०.४७ प्रतिशतमात्र बढेको छ। गत साता ७२६८.३८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक यस साता ३३.८८ अंक बढेर ७३०२.२६ विन्दुमा पुगेको छ।
अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ३५६.८८ अंक बढेको छ भने म्युचुअल फण्डको सबैभन्दा कम ०.३० अंक बढेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…