विद्युतीय कारोबार गर्दा सजग हुन राष्ट्र बैंकको आग्रह र सुझाव

काठमाडौं : पछिल्लो समय विद्युतीय कारोबारबाट ठगीको घटना बढेको भन्दै केन्द्रीय बैंकले सचेत रहन सर्वसाधारणलाई सूचना जारी गरेको छ । सामाजिक सञ्जालबाट चिनजानका मान्छेको नाममा रकम माग्ने, बैंकबाट फोन गरेको भनि इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने घटनाहरु बढेको भन्दै राष्ट्र बैंकले यी कुनै पनि विवरणहरु कसैलाई पनि नदिन सर्वसाधारणलाई भनेको छ ।
नक्कली वेबसाइट बनाएर ग्राहकहरुको गोप्य सूचना लिने, ठूलो रकमको चिठ्ठा परेको भन्दै लोभ देखाएर हस्तान्तरण गर्ने बहानामा रकम माग्ने काम भइरहेको राष्ट्र बैंकले जनाएको छ । साथै, अत्यधिक नाफाको लोभ देखाएर गैरकानूनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेगरी ठगी भइरहेको तर्फ सजग हुन राष्ट्र बैंकले सबैमा आग्रह गरेको छ ।
राष्ट्र बैंकले अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील विवरण नदिन भनेको छ । मोबाइल तथा अन्य डिभाइस एवम् एपमा पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्न र त्यस्ता पासवर्डहरु गोप्य रुपमा सुरक्षित राख्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
साथै, कसैले सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले माग गरे नगरेको यकिन गरी मात्रै रकम पठाउन आग्रह गरेको छ ।
अनावश्यक तथा अनधिकृत एप आफ्नो फोन वा अन्य डिभाइसमा डाउनलोड नगर्न समेत राष्ट्र बैंकले सचेत  गराएको छ । कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड वा क्यूआर कोड पठाएको वा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरे शंकाको आँखाले हेर्न राष्ट्र बैंकले भनेको छ ।
रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड वा पासवर्ड पठाउन आवश्यक नपर्ने केन्द्रीय बैंकले जनाएको छ । यस्तै, कुनै पनि बेवसाइटबाट विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो वा होइन यकित गरेर मात्रै कारोबार गर्न आग्रह गरेको छ ।
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago