विद्युतीय कारोबार गर्दा सजग हुन राष्ट्र बैंकको आग्रह र सुझाव

काठमाडौं : पछिल्लो समय विद्युतीय कारोबारबाट ठगीको घटना बढेको भन्दै केन्द्रीय बैंकले सचेत रहन सर्वसाधारणलाई सूचना जारी गरेको छ । सामाजिक सञ्जालबाट चिनजानका मान्छेको नाममा रकम माग्ने, बैंकबाट फोन गरेको भनि इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने घटनाहरु बढेको भन्दै राष्ट्र बैंकले यी कुनै पनि विवरणहरु कसैलाई पनि नदिन सर्वसाधारणलाई भनेको छ ।
नक्कली वेबसाइट बनाएर ग्राहकहरुको गोप्य सूचना लिने, ठूलो रकमको चिठ्ठा परेको भन्दै लोभ देखाएर हस्तान्तरण गर्ने बहानामा रकम माग्ने काम भइरहेको राष्ट्र बैंकले जनाएको छ । साथै, अत्यधिक नाफाको लोभ देखाएर गैरकानूनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेगरी ठगी भइरहेको तर्फ सजग हुन राष्ट्र बैंकले सबैमा आग्रह गरेको छ ।
राष्ट्र बैंकले अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील विवरण नदिन भनेको छ । मोबाइल तथा अन्य डिभाइस एवम् एपमा पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्न र त्यस्ता पासवर्डहरु गोप्य रुपमा सुरक्षित राख्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
साथै, कसैले सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले माग गरे नगरेको यकिन गरी मात्रै रकम पठाउन आग्रह गरेको छ ।
अनावश्यक तथा अनधिकृत एप आफ्नो फोन वा अन्य डिभाइसमा डाउनलोड नगर्न समेत राष्ट्र बैंकले सचेत  गराएको छ । कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड वा क्यूआर कोड पठाएको वा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरे शंकाको आँखाले हेर्न राष्ट्र बैंकले भनेको छ ।
रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड वा पासवर्ड पठाउन आवश्यक नपर्ने केन्द्रीय बैंकले जनाएको छ । यस्तै, कुनै पनि बेवसाइटबाट विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो वा होइन यकित गरेर मात्रै कारोबार गर्न आग्रह गरेको छ ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago