नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले आफ्नो पहिलो प्राथमिकतामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणको नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले आफ्नो पहिलो प्राथमिकतामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राखेका छन्।

अधिकारीले राष्ट्रिय गौरव आयोजना अन्तर्गतका दुई विमानस्थल संचालन आएएसँगै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई गति दिने आफ्नो मुख्य योजना रहेको बताए।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ९३ लाख रहेको छ। कोभिड-१९ नभएको भए यो विमानस्थल स्याचुरेशनमा गइसकेको हुन्थ्यो। अबको २० वर्षमा टिआइए स्याचुरेशन पछि पनि यात्रुको संख्या डेढ करोड पुग्नेछन्। १५ लाख पोखरा र ४३ लाख यात्रु भैरहवामा जालान्,’ महानिर्देशक अधिकारीले भने,’टिआइए स्याचुरेशनमा भएको बेला बाँकी एक करोड यात्रु कहाँ जाने? यो ट्राफिकको हिसाबले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको छ।’

निजगढ ठूला जहाजले जिरो भिजीविलिटीमा अवतरण गर्न सक्ने किसिमले संचालनमा ल्याइने उनले जानकारी दिए। मुलुकको मध्य भागमा रहेको यो विमानस्थलमा विभिन्न प्रमुख सहरको पहुँचमा रहेका कारण अन्तर्राष्ट्रिय उडानका लागि अति उपयोगी रहेको उनले बताए।

‘समतामुलक समाजको स्थापना गर्नका लागि आम्दानी गर्नुपर्यो। त्यसका लागि आम्दानी आवश्यक छ। न क्रृषिमा निर्भर छौँ। हामीले गर्ने भनेको सेवा क्षेत्रमै हो। राज्यको एउटा विन्दुमा लगानी गर्दा यसले जीडीपीमा योगदान गर्ने क्षेत्रलाई अगाडी बढाउँछ,’ उनले भने,’जLडीपीमा प्रेसर गर्न सक्ने योजना भनेको निजगढ हो। निजगढ विमानस्थललाई प्राथमिकता लिन सकिएन भने मुलुकको उड्डयन क्षेत्र नै स्याचुरेशनमा जानेछ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण लागत सहजै उठाउन गाह्रो हुने बताउँदै ‘नन एरोनोटिकल विजनेश’लाई प्राथमिकता दिन आवश्यक रहेको उनले जानकारी दिए। नयाँ विमानस्थल संचालनमा आएसँगै पुरानो विमानस्थलमा व्यवसायिक काम र लिजमा दिन सकिने मध्ये एउटा विकल्प कार्यन्वयनमा ल्याउन सकिने उनले बताए। मुलुकभर प्राधिकरणको नाममा रहेको जग्गामा नन एरोनोटीकल आम्दानी गर्न सकिने उनले जानकारी दिए।

आउँदो बुद्ध पुर्णिमाको दिनबाटै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने योजना रहेको अधिकारीले बताए। कर्मचारीको क्षमता विस्तारका लागि सुविधा बढाउने योजना रहेको बताउँदै उनले भने,’कर्मचारीको सुविधा बढाइनेछ। मोटिभेशन हुनेगरी सुविधा बढ्छ।’ ‍

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago