प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना

२०७८, २२ माघ शनिबार ०९:१५

प्यूठान: प्यूठानमा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ नौ बहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले बताए । जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियाे । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Comments

ताजा खबर