विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा ग्राहक ठगीमा

काठमाडौं: पछिल्लो समय विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा ग्राहक ठगीमा पर्ने गरेको गुनासो आउने गरेको छ । ग्राहक ठगीमा परेको गुनासो आउन थालेपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत रहन सूचना जारी गरेको छ ।

विद्युतीय कारोबारमा बढोत्तरी भएसँगै विभिन्न आपराधिक व्यक्ति/समुहले विभिन्न माध्यम प्रयोग गरि ग्राहक ठग्ने गरेको छ । सामाजिक सञ्जालमा चिनजान भएकै आधारमा आफ्नो गोप्य पासवर्डहरु दिने गर्दा ग्राहक ठग्ने गरेको बैंकले उल्लेख गरेको छ ।

सूचनामा उल्लेख भएअनुसार आपराधिक व्यक्ति तथा समुहले बैंक तथा कुनै संस्थाबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेवसाइट बनाई ग्राहकका गोप्य सूचना लिने गरेका छन् । साथै ठूलो रकमको चिठ्ठा परेको भन्दै रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्याधिक नाफाको लोभ देखाउने कार्य गर्दै आएका छन् ।

बैंकले अपरिचित व्यक्तिलाई आफ्नो गोप्य पासवर्ड वा ओपीटि वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन आग्रह गरेको छ । यसका साथै आफ्नो मोबाइल अथवा अन्य कुनै डिभाइसमा अनावश्यक एपहरु डाउनलोड गर्न हुँदैन । साथै आफ्नो पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्न समेत बैंकले सूचनामा उल्लेख गरेको छ ।

रकम भूक्तानीका लागि बारकोड वा क्यूआर कोडको आवश्यक नपर्ने हुँदा कुनै पनि व्यक्तिलाई आफ्नो क्यूआर कोड, बारकोड वा पासवर्ड दिनुहुँदैन । साथै आधिकारिक वेवसाइटको सुरुवात https:// बाट सुरु हुने भएको हुँदा यस्ता वेवसाइटबाट मात्र कारोबार गर्न आवश्यक छ ।

यदि कुनै पनि वेवसाइटबाट कारोबार गर्दा आफू ठगिएको आशंका लागेमा सम्बन्धित बैंक तथा बित्तीय संस्था एवम नेपाल राष्ट्र बैंककोको गुनासो सुनुवाईसम्बन्धी पोर्टलमा गुनासो वा उजुरी गर्न सकिन्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago