विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा ग्राहक ठगीमा

काठमाडौं: पछिल्लो समय विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा ग्राहक ठगीमा पर्ने गरेको गुनासो आउने गरेको छ । ग्राहक ठगीमा परेको गुनासो आउन थालेपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत रहन सूचना जारी गरेको छ ।

विद्युतीय कारोबारमा बढोत्तरी भएसँगै विभिन्न आपराधिक व्यक्ति/समुहले विभिन्न माध्यम प्रयोग गरि ग्राहक ठग्ने गरेको छ । सामाजिक सञ्जालमा चिनजान भएकै आधारमा आफ्नो गोप्य पासवर्डहरु दिने गर्दा ग्राहक ठग्ने गरेको बैंकले उल्लेख गरेको छ ।

सूचनामा उल्लेख भएअनुसार आपराधिक व्यक्ति तथा समुहले बैंक तथा कुनै संस्थाबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेवसाइट बनाई ग्राहकका गोप्य सूचना लिने गरेका छन् । साथै ठूलो रकमको चिठ्ठा परेको भन्दै रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्याधिक नाफाको लोभ देखाउने कार्य गर्दै आएका छन् ।

बैंकले अपरिचित व्यक्तिलाई आफ्नो गोप्य पासवर्ड वा ओपीटि वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन आग्रह गरेको छ । यसका साथै आफ्नो मोबाइल अथवा अन्य कुनै डिभाइसमा अनावश्यक एपहरु डाउनलोड गर्न हुँदैन । साथै आफ्नो पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्न समेत बैंकले सूचनामा उल्लेख गरेको छ ।

रकम भूक्तानीका लागि बारकोड वा क्यूआर कोडको आवश्यक नपर्ने हुँदा कुनै पनि व्यक्तिलाई आफ्नो क्यूआर कोड, बारकोड वा पासवर्ड दिनुहुँदैन । साथै आधिकारिक वेवसाइटको सुरुवात https:// बाट सुरु हुने भएको हुँदा यस्ता वेवसाइटबाट मात्र कारोबार गर्न आवश्यक छ ।

यदि कुनै पनि वेवसाइटबाट कारोबार गर्दा आफू ठगिएको आशंका लागेमा सम्बन्धित बैंक तथा बित्तीय संस्था एवम नेपाल राष्ट्र बैंककोको गुनासो सुनुवाईसम्बन्धी पोर्टलमा गुनासो वा उजुरी गर्न सकिन्छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago