सेयर बजारः २७०० को रेजिस्टेन्स टेष्ट नेप्सेमा करेक्सन

बुधबार ३०.७५ बिन्दुले घटेर नेप्से -१.१५%  गिरावटकासाथ २६४९.२० पुगेको हो। कारोबार भएका २३६ कम्पनी मध्ये ५२ कम्पनी उकालो लागेका छ्न्‌, १३४ कम्पनी ओरालो लागेका छ्न्‌ र ४ कम्पनी स्थिर रहेका छन् ।

कारोबार भएका तेह्र उप-समुहमध्ये सबै २ उप-समुहको सेयर मुल्य उकालो लागेको छ भने ११ उप-समुहको सेयर मुल्य ओरालो लागेका छ्न्‌ ।

बजार पूँजीकरण रु ३७ खर्ब ४२ अर्ब बराबर पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE DAILY UPDATE: 2022/01/05

प्राविधिक विश्लेषण सुचक

१. बोलिन्जर ब्याण्ड

बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाँउछ (आज को फरकः ४१०.१६)  जसले बजारमा भोलाटाइलिटी आज बढेको इङ्गित गर्दछ। बजार आज अपर ब्याण्ड (२६९२.९८) भन्दा तल क्लोज भएको छ अपर अवरोधलाई टेष्ट गरेको देखिन्छ ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

­­

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडी लाइन जिरो लाइन नजिक आएको छ भने सिग्नल लाईन जिरो लाइन भन्दा मुनी रहेको देखिन्छ । हिस्टोग्राम ३३.१३ अकंमा रहेको छ । एमएसिडी लाईन (-०.२०) अंक बाट बढेर (७.६८) अंकमा आएको छ। सिग्नल लाईन बढेको देखिएको छ । एमएसिडी लाइन बढेको छ र जसले बजारमा खरिद कर्ता हावि भएको जनाउँछ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले +१४ डिएमआई लाइन र -१४ डिएमआई लाइन घटेको देखिएको छ भने एडिएक्स लाईन बढेको देखिएको छ।जसले बजारमा बाईङ् मोमेन्टम घटेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले डार्क क्लाउड कभर क्यान्डलस्टिक बनाएको छ जसले ट्रेन्ड रिभर्सलको संकेत गर्दछ ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago