रहेनन् शिक्षासेवी हरि प्रसाई

२०७९, १८ मंसिर आईतवार १३:५८

झापा । शिक्षासेवी हरि प्रसाईको आज बिहान निधन भएको छ ।

न्यूटन्स् एजुकेशन एकाडेमीका संस्थापक प्रसाईको ७१ वर्षको उमेरमा बिहान ५.३० बजे अमेरिकामा निधन भएको हो । उनलाई पेटको क्यान्सर रहेको थियो । शिक्षा क्षेत्रमा उनले धेरै योगदान दिएका थिए ।

आदर्श विद्या मन्दिर , सगरमाथा बोर्डिङ , दीपज्योति बोर्डिङ संचालन गरी पछिल्लो समयमा उनले न्यूटन्स एजुकेशन एकाडेमी खोलेका थिए ।

उनका श्रीमती धर्मा प्रसाई ,एक छोरा , बुहारी र तीन छोरी रहेका छन् । अमेरिकामा रहेकी छोरीसंगै रहेर उनले त्यहीँ उपचार गराउँदै आएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु