बिर्तामोड। नेपाल मधेसी समाज सेवा समिति बिर्तामोडले शनिवार सरसफाई तथा सचेतना कार्यक्रम गरेको छ ।
बिर्तामोड–३ बिर्ताबजारको दुर्गा मन्दिरबाट शुरु गरी बजार क्षेत्र हुँदै गोसलाइनदेखि अधुवा पुलसम्म सरसफाई गरिएको समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए । सरसफाई कार्यक्रममा समितिका पदाधिकारी र सदस्यसंगै बिर्तामोड –३ का वडाध्यक्ष मदन बुढाथोकी, पूर्व वडाध्यक्ष भोजराज सिटौला , युवा समाजसेवी सजेश शिवाकोटी , समितिका सल्लाहकारहरु दिलिप सिंह , संजय शर्मा , उदय शाहलगायतले सहभागिता जनाएका थिए ।
वडाध्यक्ष बुढाथोकीको प्रमुख आतिथ्य र अध्यक्ष मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा विशेष आतिथ्य पूर्व वडाध्यक्ष सिटौला र युवा समाजसेवी शिवाकोटीको रहेको थियो । उपाध्यक्ष उमेश चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासचिव शम्भु शाहले गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…