स्याङ्जा- २ मा नेपाली कांग्रेसका धनराज गुरुङ निर्वाचित

२०७९, १८ मंसिर आईतवार ०८:१८

पाेखरा- स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन्। कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी भएका हुन्।

उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरिन्।

यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित भएकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गरेका छन्।

स्याङ्जा-२ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी भएका छन्। भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गरे।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु