विश्वकप २०२२ मा अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत प्रि-क्वाटरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। अब सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्ने छ।

अन्तिम १६ को खेलमा कप्तान लियोनेल मेसीले आफ्नो १ हजारौ ब्यबसायिक खेलमा टिमका लागि पहिलो गोल गर्दे टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले ३५ औ मिनेटमा आकर्षक गोल गरेका थिए। मेसीको यो विश्वकपको नकआउट चरणमा पहिलो गोल समेत हो।

विश्वकपमा मेसीको ९ गोल भएको छ। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी गाब्रियल बाटिस्टुटा भन्दा १ गोल पछि छन्। बाटिस्टुटाले १० गोल गरेका छन्। अस्ट्रेलिया विरुद्ध विश्वकपमा २३ औ खेल खेलिरहेका मेसीले आफ्नो १ हजारौं खेल सम्मको यात्रामा ४१ मुख्य ट्रफि जित्दा ७ सय ८८ गोल र ३ सय ४८ असिस्ट गरेका छन्।

पहिलो हाफमा १-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा जुलियन अल्भारेजको गोलमा अग्रता दोब्बर बनायो। अस्ट्रेलियन गोलरक्षकले गरेको गल्तिको फाइदा उठाउँदै अल्भारेजले गोल गर्दा अर्जेन्टिना २-० ले अघि रह्यो।

तर अस्ट्रेलियाले ७७ औ मिनेटमा गोल गर्न सफल भयो। क्यारिग गुडविनले गरेको प्रहार इन्जो फर्नान्डेजमा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। उक्त गोल फर्नान्डेजको आत्माघाती गोलका रुपमा रह्यो।

त्यसपछि पनि अर्जेन्टिनाले खेलमा गोलका केहि राम्रा मौका सिर्जना गरेपनि गोल गर्न चुक्दा अग्रता बढाउने अवसर गुमायो। इन्जुरी समयको अन्तिम मिनेटमा अस्ट्रेलियाले बराबरीको राम्रो मौका बनाएपनि अर्जेन्टिनी गोलरक्षकले बचाउँदा अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्स सँगको भेट पक्का गर्‍यो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago