विश्वकप २०२२ मा अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत प्रि-क्वाटरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। अब सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्ने छ।

अन्तिम १६ को खेलमा कप्तान लियोनेल मेसीले आफ्नो १ हजारौ ब्यबसायिक खेलमा टिमका लागि पहिलो गोल गर्दे टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले ३५ औ मिनेटमा आकर्षक गोल गरेका थिए। मेसीको यो विश्वकपको नकआउट चरणमा पहिलो गोल समेत हो।

विश्वकपमा मेसीको ९ गोल भएको छ। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी गाब्रियल बाटिस्टुटा भन्दा १ गोल पछि छन्। बाटिस्टुटाले १० गोल गरेका छन्। अस्ट्रेलिया विरुद्ध विश्वकपमा २३ औ खेल खेलिरहेका मेसीले आफ्नो १ हजारौं खेल सम्मको यात्रामा ४१ मुख्य ट्रफि जित्दा ७ सय ८८ गोल र ३ सय ४८ असिस्ट गरेका छन्।

पहिलो हाफमा १-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा जुलियन अल्भारेजको गोलमा अग्रता दोब्बर बनायो। अस्ट्रेलियन गोलरक्षकले गरेको गल्तिको फाइदा उठाउँदै अल्भारेजले गोल गर्दा अर्जेन्टिना २-० ले अघि रह्यो।

तर अस्ट्रेलियाले ७७ औ मिनेटमा गोल गर्न सफल भयो। क्यारिग गुडविनले गरेको प्रहार इन्जो फर्नान्डेजमा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। उक्त गोल फर्नान्डेजको आत्माघाती गोलका रुपमा रह्यो।

त्यसपछि पनि अर्जेन्टिनाले खेलमा गोलका केहि राम्रा मौका सिर्जना गरेपनि गोल गर्न चुक्दा अग्रता बढाउने अवसर गुमायो। इन्जुरी समयको अन्तिम मिनेटमा अस्ट्रेलियाले बराबरीको राम्रो मौका बनाएपनि अर्जेन्टिनी गोलरक्षकले बचाउँदा अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्स सँगको भेट पक्का गर्‍यो।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago