कतार विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्सले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।
८ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा डच टिमका लागि डेञ्जेल डुमफ्रिस नायक सावित भए। उनले १ गोल गर्दा थप दुई गोलका लागि असिस्ट गरेका थिए। पहिलो हाफमानै दुईगोलको अग्रता बनाउने क्रममा डच टिमले दुबै गोल काउन्टर याट्याकमा सम्भव बनायो। १० औ मिनेटमानै बार्सिलोना स्टार मेम्फिस डिपेले डुमफ्रिसको सानदार क्रसलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए। त्यसअघि अमेरिकाले गरेका केही राम्रा प्रहार डच गोलरक्षकले क्लियर गरेका थिए।
नेदरल्यान्ड्सका लागि दोस्रो गोल भने पहिलो हाफको इन्जुरी समयमा ड्याली ब्लिन्डले सम्भव बनाए। उनले डुमफ्रिसकै क्रसलाई सदुपयोग गरेका थिए।
तर अमेरिकाले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको थियो। अमेरिकाका लागि ह्याजी राइटले ७६ औ मिनेटमा गोल गरेका थिए। तर डच टिमले सहज जित निकाल्ने क्रममा ८१ औ मिनेटमा तेस्रो गोल गर्यो।
यो पटक डेञ्जेल डुमफ्रिसले तेस्रो गोल गरेका थिए। उनले डच टिमका लागि अघिल्ला दुई गोलमा असिस्ट समेत गरेका थिए। नेदरल्यान्डले अब क्वाटरफाइनलमा अर्जैन्टिना र अस्ट्रेलियाबिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…