कतार विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्सले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।
८ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा डच टिमका लागि डेञ्जेल डुमफ्रिस नायक सावित भए। उनले १ गोल गर्दा थप दुई गोलका लागि असिस्ट गरेका थिए। पहिलो हाफमानै दुईगोलको अग्रता बनाउने क्रममा डच टिमले दुबै गोल काउन्टर याट्याकमा सम्भव बनायो। १० औ मिनेटमानै बार्सिलोना स्टार मेम्फिस डिपेले डुमफ्रिसको सानदार क्रसलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए। त्यसअघि अमेरिकाले गरेका केही राम्रा प्रहार डच गोलरक्षकले क्लियर गरेका थिए।
नेदरल्यान्ड्सका लागि दोस्रो गोल भने पहिलो हाफको इन्जुरी समयमा ड्याली ब्लिन्डले सम्भव बनाए। उनले डुमफ्रिसकै क्रसलाई सदुपयोग गरेका थिए।
तर अमेरिकाले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको थियो। अमेरिकाका लागि ह्याजी राइटले ७६ औ मिनेटमा गोल गरेका थिए। तर डच टिमले सहज जित निकाल्ने क्रममा ८१ औ मिनेटमा तेस्रो गोल गर्यो।
यो पटक डेञ्जेल डुमफ्रिसले तेस्रो गोल गरेका थिए। उनले डच टिमका लागि अघिल्ला दुई गोलमा असिस्ट समेत गरेका थिए। नेदरल्यान्डले अब क्वाटरफाइनलमा अर्जैन्टिना र अस्ट्रेलियाबिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…