पाल्पा । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि पाल्पा र स्याङजाकाे सँगम स्थल राम्दीधाममा भक्तजनको घुइँचो लागेको छ । यस्तै रिडी रानीघाट हुँगी केलादी लगाएतका स्थानमा समेत भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि कालिगण्डकी नदि किनारमा भक्तजनको घुइँचो लागेको हो ।
तुलसीको विशेष पूजासहित विवाह गरिँदै
आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि पूजाआजा सुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रमा उल्लेख छ ।
हरिबोधिनी एकादशीका अवसरमा सार्वजनिक विदा
हरिबोधिनी एकादशीका अवसरमा पाल्पाकाे रामपुर नगरपालिकाले सार्वजनिक विदा दिएकाे छ । नगरपालिकाको कालिगण्डकी क्षेत्रकाे विशेष पर्व रहेकाले आज स्थानीय पर्व बिदा दिइएको नगरपालिकाले प्रकाशन गरेकाे सूचनामा उल्लेख छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…