चाडपर्व मनाउन फर्केपछि गाउँ–गाउँमा दसैंको उल्लास

काठमाडौँ: रोजगारीको कारण गाउँ छोडेर सहर पसेकाहरू चाडपर्व मनाउन फर्केपछि गाउँ–गाउँमा दसैंको उल्लास छाएको छ । यतिबेला सहर सुनसान छन् भने गाउँमा दसैंको रौनकता छाएको छ ।

चाडपर्वमा बिदा पाउने भएपछि दसैँमा घर फर्किनेको सङ्ख्या उल्लेख्य छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूर लगायत दसैँमा घर फर्किन्छन् । राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने भएकाले पनि दसैँमा गाउँ फर्किनको सङ्ख्या उल्लेख्य हुन्छ । दसैँमा मान्यजनबाट टीका जमरा ग्रहण गरी आशीर्वाद लिन गाउँ फर्किने गरेको सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक उमाकान्त जोशीले बताए।

“दसैंको बेला सहर सुनसान छन्, गाउँमा रमाइलो छ”, उनले भने, “अरु बेलाभन्दा दसैँमा घर फर्किनु अनिवार्य जस्तै भइसकेको छ, यो बेला गाउँमा उल्लास छाउँछ ।” तराइमा बसोबास गर्ने अधिकांश व्यक्ति पहाड उक्लिने गरेका छन् । “पहाडबाट तराइमा बसाइ सर्नेहरू कुल पूजा गर्न हरेक वर्ष दसैँमा जन्मथलो फर्किन्छन”, जोशीले भने, “यसले पनि दसैँको बेला सहर सुनसान हुन्छन् ।”

कतै खेलकुद प्रतियोगिता त कतै गीत सङ्गीतले गाउँ गुञ्जायमान छन् । रोजगारी र पढ्न गएकाहरु फर्किए पछि गाउँको माहोल रमाइलो बनेको छ । कतिपय गाउँमा मठ मन्दिरमा सामुहिकरुपमा जमरा राख्ने चलन छ । “एकै पटक भेला हुँदा गाउँमा रौनकता छाएको छ”, कञ्चनपुरको सुडाका गोपाल मिश्रले भने । घटस्थापनादेखि दसैँसम्म गाउँका मन्दिरमा हुने पूजा र जात्राले रौनक बेग्लै हुने उनी बताउँछन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago