काठमाडौँ: उत्तर कोरियाले जापानमा मिसाइल प्रहार गरेको छ । आणविक हतियार भएको उत्तर कोरियाले जापानमाथि मध्यम दूरीको मिसाइल प्रहार गरेको हो ।
यस अगाडि सन् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको थियो । उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा मिसाइल प्रहार गरेको हो ।
जापान सरकारले यस क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ । मिसाइल प्रहार भएको क्षेत्रका केही रेल सेवा तत्कालका लागि स्थगित गरिएको छ । मिसाइल प्रशान्त महसागरमा खसेपनि त्यसको असर जापानी भूमिमा देखिने सम्भावाना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाले हिंस्रक व्यवहार गरेको प्रतिक्रिया दिएका छन् । उत्तर कोरियाको मिसाइल आएपछि जापानले सुरक्षा परिषद्को बैठकसमेत बोलाएको छ । जापान, अमेरिका र दक्षिण कोरियाले गत साता त्रिपक्षीय सैन्य अभ्यास गरेका थिए ।
उत्तर कोरियाले यसको जवाफमा मिसाइल प्रहार गरेको आशंका गरिएको छ । पछिल्लो एक हप्तामा उत्तर कोरियाले पाँच वटा मिसाइल प्रक्षेपण गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…