काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप मंगलबार महानवमीको दिन कन्याको पूजा गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले कन्या पूजा गरेकी हुन् ।
राष्ट्रपतिले कन्य पूजा गर्नका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोहको आयोजना गरिएको थियो ।राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नौजना कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरेकी थिइन् । ती कन्याहरूलाई बालमन्दिरबाट लगिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । दसैं पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आएकी छन् । समारोहको अन्त्यमा कन्याहरुले नृत्यसमेत गरेका थिए ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…