पाल्पा १९ साउन
पाल्पा प्रहरीले राजश्व छली गरेर ल्याएका अबैध सामान बरामद गरेको छ । तानसेनको बसपार्कमा चेकिङ गर्ने क्रममा बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च ८३६६ नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा राजश्व छली ल्याएका सामाग्री प्रहरीले बरामद गरेको हो ।
विना विलका सामानहरु ल्याउँदै गरेको अवस्थामा गाडी सहित चालक जिल्ला रौतहट डमरिया नगरपालिका ९ बस्ने बर्ष २७ का भोजेन्द्र चौधरी तथा सोही गाडीमा सवार जिल्ला रौतहट दुर्गा भगवती गाउँपालिका ५ बस्ने बर्ष १९ को रुपेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुबाट साना ठुला सादा कराई ८० वटा,फेन्सी साना ठुला कराई ७७ वटाको त्यस्तै कसौडी साना ठुला गरी जम्मा १ सय ५२ वटा र पट कुकर साना ठुला गरी जम्मा १ सय २९ वटा सामान बरामद भएको छ । उक्त सामान करिब १ लाख ९७ हजार १ सय रकम बराबरको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाकाे अनुमान छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…