कर्णाली प्रदेशमा सवारी दुर्घटना दोब्बरले बढ्यो

वीरेन्द्रनगर: कर्णाली प्रदेशमा पछिल्लो दुई वर्षको तुलनामा गत आर्थिक वर्ष ०७८/७९ मा सवारी दुर्घटना दोब्बरले बढेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत आवमा मात्रै चार सय तीन सवारी दुर्घटनाबाट १ सय ८० जनाको मृत्यु भएको छ ।
पछिल्लो तीन वर्षमा ९ सय ३० सवारी दुर्घटनाबाट ३ सय ७५ जनाको मृत्यु भएको कार्यालयका प्रहरी उपरिक्षक एसपी भुवनेश्वर तिवारीले बताए । उनका अनुसार उक्त दुर्घटनाबाट गम्भीर घाइते ७ सय १० जना र १२ जना सामान्य घाइते भएका छन् ।
आर्थिक वर्ष ०७६/७७ मा दुई सय ३६ सवारी दुर्घटना हुँदा ९७ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १ सय ७९ गम्भीर र २ सय ९३ सामान्य घाइते भएको कार्यालयको भनाइ छ ।

यस्तै, आव ०७७/७८ मा २ सय ९१ सवारी दुर्घटनाबाट ९८ जनाको मृत्यु भएको छ । जसमा १ सय ६९ गम्भीर घाइते हुँदा ३ सय १९ जना सामान्य घाइते भएको कार्यालयका एसपी तिवारीले जनाए । ०७६/७७ र आव ०७७/०७८ मा कोभिड– १९ रोकथामका लागि भएको लकडाउनका कारण पनि सवारी दुर्घटना संख्यामा कमी देखिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी तिवारीको भनाइ छ ।कर्णालीमा सडक दुर्घटनामा तुलनात्मक रूपमा साना सवारीसाधनको संख्या बढी छ । पछिल्लो तीन वर्षमा ४ सय २७ मोटरसाइकल, १ सय ४६ ट्र्याक्टर, १ सय ६६ जिप तथा कार, ८९ वटा बस, २९ वटा माइक्रो मिनिबस, ट्रक ट्यांकर ९२ वटा, टिपर २३ वटा, अटो ८३ वटा, स्कुटर ४ वटा र अन्य १४ वटा सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ ।

कर्णालीमा सडक दुर्घटनाको मुख्य कारण सवारीसाधनको तीव्र गति रहेको एसपी तिवारीले बताए । तीव्र गतिकै कारण गत आर्थिक वर्ष मात्रै दुई सय ४८ सडक दुर्घटना भएको उनको भनाइ छ । यान्त्रिक कारणले पनि कर्णालीमा सडक दुर्घटना बढाएको एसपी तिवारीको भनाइ छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago