कर्णाली प्रदेशमा सवारी दुर्घटना दोब्बरले बढ्यो

वीरेन्द्रनगर: कर्णाली प्रदेशमा पछिल्लो दुई वर्षको तुलनामा गत आर्थिक वर्ष ०७८/७९ मा सवारी दुर्घटना दोब्बरले बढेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत आवमा मात्रै चार सय तीन सवारी दुर्घटनाबाट १ सय ८० जनाको मृत्यु भएको छ ।
पछिल्लो तीन वर्षमा ९ सय ३० सवारी दुर्घटनाबाट ३ सय ७५ जनाको मृत्यु भएको कार्यालयका प्रहरी उपरिक्षक एसपी भुवनेश्वर तिवारीले बताए । उनका अनुसार उक्त दुर्घटनाबाट गम्भीर घाइते ७ सय १० जना र १२ जना सामान्य घाइते भएका छन् ।
आर्थिक वर्ष ०७६/७७ मा दुई सय ३६ सवारी दुर्घटना हुँदा ९७ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १ सय ७९ गम्भीर र २ सय ९३ सामान्य घाइते भएको कार्यालयको भनाइ छ ।

यस्तै, आव ०७७/७८ मा २ सय ९१ सवारी दुर्घटनाबाट ९८ जनाको मृत्यु भएको छ । जसमा १ सय ६९ गम्भीर घाइते हुँदा ३ सय १९ जना सामान्य घाइते भएको कार्यालयका एसपी तिवारीले जनाए । ०७६/७७ र आव ०७७/०७८ मा कोभिड– १९ रोकथामका लागि भएको लकडाउनका कारण पनि सवारी दुर्घटना संख्यामा कमी देखिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी तिवारीको भनाइ छ ।कर्णालीमा सडक दुर्घटनामा तुलनात्मक रूपमा साना सवारीसाधनको संख्या बढी छ । पछिल्लो तीन वर्षमा ४ सय २७ मोटरसाइकल, १ सय ४६ ट्र्याक्टर, १ सय ६६ जिप तथा कार, ८९ वटा बस, २९ वटा माइक्रो मिनिबस, ट्रक ट्यांकर ९२ वटा, टिपर २३ वटा, अटो ८३ वटा, स्कुटर ४ वटा र अन्य १४ वटा सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ ।

कर्णालीमा सडक दुर्घटनाको मुख्य कारण सवारीसाधनको तीव्र गति रहेको एसपी तिवारीले बताए । तीव्र गतिकै कारण गत आर्थिक वर्ष मात्रै दुई सय ४८ सडक दुर्घटना भएको उनको भनाइ छ । यान्त्रिक कारणले पनि कर्णालीमा सडक दुर्घटना बढाएको एसपी तिवारीको भनाइ छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago