कैलाली: लगातार पानी परेपछि आएको बाढीका कारण खुटिया खोलाको पुल जोखिममा परेको छ । बाढीले पुल सुरक्षित राख्न बनाएको कटपवालसमेत भत्काउँदा पुल जोखिममा परेको हो ।
पुलको दक्षिणतर्फ करिब १०० मिटर कटप पानीले बगाउँदा पुल नै जोखिममा परेको स्थानीयले बताएका छन् । यसअघि कटपवाल ४० मिटर मात्रै बगाउँदा सडक डिभिजन कार्यालयलाई जानकारी गराइएको थियो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले त्यसबेला आफू भर्खरै आएको बताउँदै त्यसबारेमा बुझ्ने बताए । कटपवाल तत्काल मर्मतका लागि जनशक्ति परिचालनसमेत गर्ने उनले बताए ।
तर, समयमानै मर्मत नगर्दा थप ६० मिटर कटपवाल बगाउनुका साथै नदी नियन्त्रणका लागि लगाइएको ढुंगाको जाली समेत बगाउने स्थितिमा पुगेको स्थानीय बासिन्दा करण बोगटीले बताए ।
स्थानीय बोगटीले कटप वाल असुरक्षित बन्दै गएको र बाढी आउँदा कुनै पनि बेला भत्काउन सक्ने भन्दै सडक डिभिजन कार्यालयलाई जानकारी गराएको बताए । उनले जानकारी गराउँदासमेत वास्ता नगरेका कारण कटप वाल भत्किएको गुनासो गरे ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख सुवेदीले बर्षात्को समय भएको र त्यसका लागि बजेट समेत भएको बताउदै बर्षापछि मर्मत गरिने बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…