काठमाडौँ: नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनको स्वतन्त्र ताइवानविरुद्धको नीतिमा नेपालको समर्थन रहने विश्वास व्यक्त गरेकी छन् । बुधबार एक प्रेस वक्तव्य जारी गर्दै याङछीले नेपाल एक-चीन नीतिमा प्रतिवद्ध रहने विश्वास व्यक्त गरेकी हुन् ।
उनले चीन स्वतन्त्र ताइवानविरुद्ध रहेको र यसमा नेपालको पूर्ण समर्थन रहने बताएकी हुन् । यान्छीले नेपाल र चीनबीचको सम्बन्धको राजनीतिक आधार भनेको एक-चीन नीति रहेको उल्लेख गरेकी छन् । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी २४ लडाकु विमानसहित ताइवान पुगेपछि यान्छीको यस्तो धारणा आएको हो ।
‘हामी विश्वास छ कि नेपाल सरकार र नेपाली जनताले एक-चीन नीतिको पालना गरिरहनेछन् र चीनको वैध र न्यायसंगत अडानलाई बुझेर समर्थन गर्नुका साथै एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन्,’ यान्छीले बताइन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…