बगनासकालीकाे वार्षिक प्रगति समिक्षा

शैक्षिक पाठ्यपुस्तक प्रकाशन, शैक्षिक क्यालेण्डर प्रकाशन, प्रविधिमैत्री शिक्षामा जोड नियमित सहकारी अनुगमन, बेरुजु फस्र्यौटतर्फ जिल्लामै विशेष प्रगति भएको गाउँपालिकाले ५९ लाख आन्तरिक आम्दानी भएको बताउँदै ६७ प्रतिशत बेरुजु संम्परीक्षण भएको छ

पाल्पा, १८ साउन ।

बगनासकाली गाउँपालिकाले वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८,०७९ मा गाउँपालिकाबाट सम्पादन भएका कामहरूको प्रगति, चुनौति, प्रभाव र समस्याहरूको समिक्षा गरिएको हो । कार्यक्रममा १० वटा स्वास्थ्य संस्था, ९ वटा वडा कार्यालय र गाउँ कार्यपालिकाको कार्यालयका १४ वटा विभिन्न विषयगत शाखाको गरी ३३ वटा शाखाले आआफ्नो शाखाबाट वर्षभरिमा सम्पन्न भएका कार्यक्रमको समिक्षा गरेका गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाले वार्षिक शैक्षिक पाठ्यपुस्तक प्रकाशन, शैक्षिक क्यालेण्डर प्रकाशन, प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । यस्तैगरी नियमित सहकारी अनुगमन, बेरुजु फस्र्यौटतर्फ जिल्लामै विशेष प्रगति भएको जनाएको छ । गाउँपालिकाले ५९ लाख आन्तरिक आम्दानी भएको बताउँदै ६७ प्रतिशत बेरुजु संम्परीक्षण भएको जनाएको छ ।

पालिकाको ५० करोड १२ लाख २० हजार ४ सय ३७ बजेट मध्ये पूँजीगत र चालुतर्फ गरी ८७ दशमलव ९ प्रतिशत वित्तीय प्रगति भएको आर्थिक प्रशासन शाखा प्रमुख कोशल पौडेलले बताउनुभयो । पौडेलका अनुसार गत आर्थिक वर्षमा चालुतर्फ ८९ दशमलव ५४ र पूँजीगततर्फ ८१ दशमलव ९२ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक सहायता रकम विश्वसनीय बनाउन नसकिएको, आवश्यक कागजात पूरा नगरी भुक्तानी माग गर्ने र बेलैमा सम्झौता गरेपनि भुक्तानीको लागि असार कुर्ने प्रचलनले वित्तीय कार्यसम्पादनमा प्रभावकारी बनाउन नसकिएको पौडेले औंल्याउनुभयो ।

गाउँपालिकामा वर्षभरिमा ४२२ वटा योजनाहरू संचालन भएको र १७ किलोमिटर सडक कालोपत्रे गरेको १५ शैयाको अस्पताल र प्रशासनिक भवनको कामथालनी भएको जनाएको छ । सामाजिक क्षेत्रमा काम गर्ने मानिसको कमी भएका कारण योजनाहरूलाई पारदर्शी र प्रभावकारी बनाउन नसकिएको समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो । स्वास्थ्यतर्फ १० वटा स्वास्थ्य संस्था, २८ गाउँघर क्लिनिक र २५ वटा खोप क्लिनिकबाट पोषण, सुरक्षित मातृत्व, स्वास्थ्य उपचार, औषधिवितरण लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले औंल्याउनुभयो । उहाँले स्वास्थ्य शाखातर्फ ६३ जना कर्मचारी, ७७ स्वयम्सेविकाबाट समुदायमा सेवा प्रभाव भएको जानकारी दिनुभयो । गाउँपालिकामा पछिल्लो समय कडा खालका दीर्घरोगीको संख्या बढ्दो रहेकोले स्वास्थ्य सेवा तर्फ थप चुनौति थपिएको अधिकारीको भनाई छ ।

समिक्षा कार्यक्रमा रोजगार शाखा, राजस्व शाखा, कृषि, बालमैत्री, सामाजिक सुरक्षा तथा पञ्जिकरण, पशुसेवा, महिला तथा बालबालिका, गरिवि निवारणका लागि लघुउद्यम, सूचनाप्रविधि, जिन्सी शाखाले आ आफ्नो वार्षिक प्रगति पेश गर्नुभएको थियो । गाउँपालिकमा आ.व.२०७८।०७९ मा बसाई सराईको संख्यामा वृद्धि भएको, कृषि, पशुसेवा तर्फ मागमा आधारित कार्यक्रमलाई प्रभावकारी व्यवस्थापन गर्न नसकिएको र पशु सेवा प्राविधिकको जनशक्ति कमी भएको जनाइएको थियो ।
गाउँपालिका अध्यक्ष सस्स्वती चिदी दर्लामीले समग्रमा आर्थिक बर्ष २०७८÷०७९ उपलब्धीमूलक रहेको भन्दै चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा गर्न नसकिएका विकास निर्माण तथा सेवाप्रवाहलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने बताउनुभयो । चिदीले सामाजिक विकासका लागि जनप्रतिनिधिहरूको साझा साथ रहने भन्दै उच्च मनोवलकासाथ कार्य सम्पादनमा लाग्न आग्रह गर्नु भएको थियो ।
गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले व्यवस्थित ढङ्गले योजना बनाएर परिणाम देखिनेगरी काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाको समृद्धिको लागि सवैले हातेमालो गरेर स्थानीय सरकारको अनुभूति दिनेगरी कार्यसम्पादनमा लाग्न पाठकले आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिस्णु घर्तीले प्रगति समिक्षाले सेवा प्रवाह प्रभावकारिता र सुशासन वृद्धिमा सघाउ पु¥याउने भएकोले पालिकाले समिक्षा कार्यक्रमलाई नियमित गर्दै आएको बताउनुभयो । उहाँले प्रगति समिक्षा समग्रमा उत्साहजनक रहेको भन्दै वार्षिक कार्ययोजना बनाएर चालु आर्थिक वर्षका गतिविधिहरू अगाडि बढाउन कर्मचारी र जनप्रतिनिधको सहकार्यमा प्रतिवद्ध रहेको जनाउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापा, पत्रकार महासघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी, बगनासकाली पत्रकार समुहका नेत्र गैरे लगाएतले जनप्रतिनिधि र कर्मचारी सहितको साझा बसाई उपलब्धिमूलक र सार्थक रहेको बताउनुभयो । वार्षिक प्रगति समिक्षा बैठकमा वडा अध्यक्षहरू, वडा सदस्यहरू कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
समिक्षा कार्यक्रमकै सन्दर्भ पारेर वर्षभरिमा राजस्व सङ्कलनमा उत्कृष्ट वडाहरू वडा नं. २ र १ लाइ सम्मान गरिएको थियो । गाउँपालिका स्थापनादेखि हालसम्मका कानुन संग्रह २०७९ को सार्वजनिक गरिएको थियो । समिक्षा कार्यक्रम गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षता, प्रशासन शाखा प्रमुख सुजन घिमिरे र स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीको सञ्चालनमा चलेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago