विदेशबाट रकम पठाइने प्रलोभनमूलक जानकारी ठगी हुन सक्छ: राष्ट्र बैंक

सही जानकारी लिएर विश्वस्त भई औपचारिक वित्तीय संस्थासँग मात्र कारोबार गरौं

बसन्ती ढकाल, पाल्पा ।
सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइन मार्फत ठगी हुने गरेको भन्दै नेपाल रास्ट्र बैकले सतर्क रहन अनुरोध  गरेको छ । रास्ट्र बैक सन्देशमुलक सूचना प्रकाशन गरी विदेशबाट रकम पठाइने प्रलोभनमूलक जानकारी ठगी हुन सक्ने भन्दै सर्वसाधारण लाई सतर्क हुन आग्रह गरेको हो ।

प्रलोभनमुलक जानकारीको आधारमा विदेशमा कुनै माध्यमबाट पनि रकम नपठाउन बैकले आग्रह गरेको छ । त्यसैले सही जानकारी लिएर विश्वस्त भई औपचारिक वित्तीय संस्थासँग मात्र कारोबार गर्न सर्वसाधारण लाई बैकले अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ “तपाईंलाई इमेल वा चिठीपत्रका माध्यमबाट विदेशी चिट्ठा परेको वा विदेशबाट रकम पठाइने जस्ता प्रलोभनमूलक जानकारी आएमा त्यो ठगी धन्दा हुनसक्छ । यस्तो जानकारीको आधारमा विदेशमा कुनै माध्यमबाट पनि रकम नपठाऔं । यस प्रकारका प्रलोभनबाट धेरै व्यक्तिहरु ठगिएका छन् । त्यसैले सही जानकारी लिएर विश्वस्त भई औपचारिक वित्तीय संस्थासँग मात्र कारोबार गरौं ।”

अहिले वाट्सएप, इमो, भाइबर लगायत सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी हुने गरेको छ । लटरी मार्फत रकम परेको प्रलोभन देखाई पाउनका लागि बिभिन्न भ्रमपूर्ण म्यासेज पठाइ नेपालमा रहेका विभिन्न ब्यक्तिहरूको बैंक खातामा रकम जम्मा गर्न लगाउदै ठगी गर्ने क्रम बढेको प्रहरीको तथ्यांकमा देखिन्छ । यसर्थ सबैजना सतर्क भएर यस्ता प्रलोभनमा पर्नुहुदैन । यस्ता ठगीलाई निरुत्साहित गर्न जनचेतनामूलक सन्देश प्रवाह गर्न आवस्यक छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago